सिंजा गाउँपालिका दुईमा दाउरा काट्टने क्रममा लडेर आमा घाइते ,नाबालकको मृत्यु
जुम्ला :सिंजा गाउँपालिका–२ चुलेलगाउ निवासी २४ वर्षीया उब्जा वड दाउरा काट्न जाने क्रममा चार महिनाका बच्चा चन्द्रमल वड सहित भिरबाट लड्दा शिशुको घटना स्थलमै मृत्यु भएको छ।
भने उर्जा वड गम्भीर घाईते भएकी छन । उब्जा आफ्नै घरबाट करिब दुई घण्टा टाढा पर्ने साेही वडा स्थित धोराचौर जंगलमा दाउरा काट्न गएकी थिईन ।आमाले संगै दाउरा काट्न लिएकाे बालककाे शव घरमा ल्याई राखिएको छ भने घाइते आमा उर्जा वडलाई उनकी फुपु अनुरुपा वडको सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे लागि ल्याईएकाे प्रहरीले जनाएको छ। उब्जा वडको अवस्था गम्भीर रहेको र उपचार जारी रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।घटनाबारे थप अनुसन्धान भईरहेको स्थानीय प्रहरीले जनाएको जनाइएको छ।







