जुम्लाकाे सिंजामा आगलागी
जुम्ला जिल्लाको सिजा गाउँपालिका–६, काँडागाउँमा आज बिहान भएको आगलागीबाट एक घर क्षति भएको छ। करिब बिहान ११:३० बजे मनविरा वुढाको दुई तले, नौ कोठे कच्ची घरको दोस्रो तलामा आगलागी भएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी नराकोटका अनुसार खाना बनाउने क्रममा चुलोको धुँवा बाहिर निकाल्ने चिम्नीबाट अचानक आगो सरेपछि आगलागी सुरु भएको हो। ढुङ्गा, माटो र काठको संरचनामा बनेको घर भएकाले आगो तीव्र रूपमा फैलिएको जनाइएको छ।
आगलागीबाट भएको सम्पूर्ण क्षतिको विवरण संकलन भइरहेको र स्थानीय बासिन्दा तथा प्रहरीले आगो नियन्त्रणमा सहयोग गरेका छन्। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







