नेपाली कम्युनिस्ट पार्टी जुम्ला द्वारा ‘ जनवर्गीय एकता सन्देश भेला’ तयारी बैठक सम्पन्न

नेपाली कम्युनिस्ट पार्टी जुम्लाले जनवर्गीय संगठनहरूको संयुक्त ‘एकता सन्देश भेला’ सम्बन्धी तयारी बैठक सम्पन्न गरेको छ। करेसा बारिकामा आयोजित उक्त बैठकमा विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य नरेश भण्डारीले जनवर्गीय संगठनहरूलाई जनताको सेवा गर्ने अधिकार र जिम्मेवारी नेपाली कम्युनिस्ट पार्टीले प्रदान गरेको बताए। उनका अनुसार अब पार्टीभित्र पनि जनताको हितमा काम गर्ने संगठन तथा कार्यकर्ताको स्पष्ट मूल्यांकन गरिनेछ।

भण्डारीले युवालाई पार्टी नेतृत्वका लागि तयार पार्ने आधार बनाइदै जाने उल्लेख गर्दै भने, “हाम्रो पार्टीमा आबद्ध युवाले नागरिकप्रतिको कर्तव्य र उत्तरदायित्व बोक्दै काम गर्नुपर्छ।”

त्यसैगरी बैठकमा नेता राजबहादुर खत्रीले सबै जनवर्गीय संगठनहरूलाई अझ सक्रिय र लक्ष्य–केन्द्रित भएर आगामी गतिविधिमा जुट्न आग्रह गरे। उनका अनुसार संगठनहरू सक्रिय भए मात्र पार्टीको जनसंगठन विस्तार र जनसेवा अभियान प्रभावकारी रूपमा अघि बढ्न सक्छ।बैठकले ‘एकता सन्देश भेला’का कार्यक्रम तथा तयारीसहित समन्वयका विषयमा आवश्यक निर्णयसमेत गरेको जनाइएकाे छ।

सम्बन्धित समाचार