राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाको अध्यक्षमा विश्वराज खत्री चयन
जुम्ला:राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जुम्ला शाखाको नयाँ कार्य समिति चयन गरिएको छ। हालै सम्पन्न अधिवेशनबाट विश्वराज खत्री अध्यक्षमा निर्वाचित भएका छन्।
नव–निर्वाचित कार्य समितिमा अन्य पदाधिकारीहरू यसप्रकार रहेका छन् ।
बरिष्ठ उपाध्यक्ष: पञ्चकली बुढा,उपाध्यक्ष: उमेश परियार,द्वितीय उपाध्यक्ष: मनोज अधिकारी,सचिव: यकाराज खत्री,सह–सचिव: मदन महत,कोषाध्यक्ष: देवकी खत्री गिरि
यससँगै अन्य सदस्यहरू सहित २१ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको प्रतिष्ठानले जनाएको छ।
अध्यक्ष विश्वराज खत्रीका अनुसार नयाँ समितिले जुम्लाको मौलिक लोक तथा दोहोरी संस्कृति संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा यसको निरन्तरता कायम राख्नका लागि विशेष कार्यक्रम सञ्चालन गर्नेछ।
प्रतिष्ठानको अधिवेशन तथा पदाधिकारी चयन कार्यक्रममा स्थानीय कलाकार, संगीतकर्मी, प्रतिष्ठानका पूर्वअधिकारीकाे सहभागीता रहेको छ ।








