मलाई थुन्न अहिलेको सरकार प्रयासरत छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आफूलाई पक्राउ गरेर थुन्न प्रयासरत रहेको बताएका छन् ।
शुक्रबार केन्द्रीय कमिटी बैठक समापन गर्दै उनले गृहमन्त्री ओमप्रकाश अर्याल आफूलाई थुन्नका लागि लगातार छलफलमा रहेको बताए ।
‘केपी ओलाई कसरी थुन्न सकिन्छ भनेर गृहमन्त्रीले सल्लाह र छलफल गर्नुभयो, कहीँकतै केही भेटिएन,’ ओलीले बैठकमा भने, ‘हिजो जेनजीहरूले मान्दै मानेनन् । केपी ओलीलाई त जसरी पनि थुन्नुपर्छ भनेर सरकार लगातार प्रयासमा छ ।’
जेनजीहरूले आफूहरू दलविरुद्ध नभएको बताएको भन्दै उनले भने, ‘साथीहरूले नरम भाषा बोल्नुस् भन्नुभएको छ । यसमा चिनी थपिदिनु रु’
उनले पार्टीभित्रका कुराहरू बाहिर नल्याउन र पार्टीमै छलछफल गर्न पनि नेताहरूलाई आग्रह गरे ।








