आईपीएलमा आज दिल्ली र पञ्जाब खेल्दै ।

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज एक मात्र खेल हुँदैछ । आज हुने एक मात्रै खेलमा दिल्ली क्यापिटल्स र किङ्स इलाभेन पञ्जाबबीच प्रतिस्पर्धा हुनेछ । दिल्ली र पञ्जाबबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिल्ली आठौं जितको खोजीमा हुनेछ । अघिल्ला ९ खेलमा ७ जितसहित १४ अङ्क जोडेर दिल्ली शीर्ष स्थानमा रहेको छ ।

सम्बन्धित समाचार