महादेव युवा क्लबका युवा जलवायु मैत्री तरकारी खेतीमा आकर्षित
जुम्ला :सिंजा गाउँपालिका–२ गोठीमा रहेको महादेव युवा क्लबले जलवायु मैत्री तरकारी खेतिमा आकर्षित भएका छन । कारितास जर्मनी, कारितास नेपाल र पेस नेपालको साझेदारीमा सञ्चालित ‘उथ्थान परियोजना’ अन्तर्गत कार्यक्रम मार्फत उक्त क्लबमा आवद्ध युवा जलवायु वातावरणमैत्री तरकारी खेतीमा आर्कषित भएका हुन।
स्थानीय युवाहरूको अगुवाइमा सञ्चालन गरिएको यो परियोजना वातावरणीय अनुकूलता, युवाको आत्मनिर्भरता तथा आयआर्जनमा केन्द्रित रहेको प्रेस नेपालका परियोजना प्रमुख हेमराज भट्टले बताए । उनका अनुसार क्लबले सामूहिक रुपमा काउली, फुलगोबि ,टमाटर, प्याज र च्याउको खेती गर्दै आएका छन । उनले भने,खेतीका क्रममा विभिन्न आधुनिक तथा उन्नत कृषि विधिहरू अपनाइएको छ । खेर गएको पानी संकलन गरी पुनः प्रयोग, जैविक विषादीको घरमै निर्माण तथा प्रयोग, प्राङ्गारिक मलको तयारी तथा प्रयोग, सामूहिक श्रमको परिचालन र व्यवस्थापन लगायतका मापदण्ड अपनाइएको छ ।

यस्ता विधिका प्रयोगबाट विशेषगरी च्याउ खेती गरिएको छ ।महावेद युवा क्लबका अनुसार च्याउ खेतीबाट १५,००० आम्दानी भइसकेको छ भने सो रकम क्लबकै कोषमा जम्मा गरिएको छ।फुलगोबि बाट दश हजार अम्दानी गरेका छन । यस आम्दानीले क्लबमा आबद्ध भएका युवाहरुले सामाजिक गतिविधिहरू तथा आगामी कृषि विस्तार कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको गरेका छन।
त्यस्तै महादेव युवा क्लब हाल सिंजा गाउँपालिकामा औपचारिक रूपमा दर्ता भएको युवा संस्था हो। क्लबले उथ्थान परियोजनाको सहकार्यमा युवा नेतृत्व विकास, रोजगारी सृजना तथा जलवायु अनुकूल कृषि अभ्यासमा उल्लेखनीय योगदान पु¥याउँदै आएको पाइएको छ । स्थानीय युवाहरुले गरेका यस्ता कार्यक्रमले युवामा आत्मविश्वास, कृषि क्षेत्रमा नवीन सोचको विकास र दीगो विकासतर्फको यात्रालाई बल पु¥याइरहेको सिंजाका सरोकारवालाहरुको भनाई छ ।









