जुम्लाको पातारासी गाउँपालिका पूर्ण खोप घोषणा(फोटोफिचर)
जुम्ला : जुम्लाको पातारासी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ । स्थानीय स्रोतको उपयोग र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता”भन्ने मूल नाराका साथ पातारासी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । सबै सूचक पूरा गरेर पातारासीलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न सफल भएको स्वास्थ्य संयोजक रतन बुढ्थापाले बताए ।उनले र्णखोप पालिका घोषणा गर्न महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको विशेष भूमिका रहेको बताए । उनका अनुसार स्वास्थ्य संस्था र स्वयंसेविका लाई पत्रमाण पत्र सहित सम्मान गरिएको छ ।
त्यस्तै गाउँपालिका कार्यबाहक अध्यक्ष तथा वडा नम्वर २ का वडाध्यक्ष बल बहादुर बोहोराले शिक्षा, स्वास्थ्यको हिसाबले दुर्गम मानिने पातारासी पूर्ण खोप पालिका घोषणा गरिएको हो ।उनले भने,‘यहाँका सबै बालबालिका रोगमुक्त र खोपयुक्त भएको सन्देश फैलाउन जरुरी छ ।
त्यस्तै नेकपा आमोवादी केन्द्रका पातारासी गाउँपालिकाका इन्चार्ज जनक महताराले बाटो खन्नु र भवन बनाउनु मात्र विकास नभइ पोषणदेखि पूर्ण खोपको पहुँचमा बालबालिका पुग्नुलाई पनि विकासको सूचक मानिने बताए । विसं २०३० नेपालाई पूर्णखोप सुनिश्चिता घोषणा गर्ने सरकारको लक्ष्यमा पातारासीले इँटा थपेको प्रति आभार ब्यक्त गरे ।
त्यस्तै नेपाली काँग्रेसका पातारासी गाउपालिकाको अध्यक्ष गोरबहादुर बोहोराले दुर्गम मानिने पातारासीको स्वास्थ्य क्षेत्रलाई अब्बल र गुणस्तरीय बनाउन घोषणाको प्रभावकारी कार्यान्वयनमा जोड दिन आबश्यक रहेको बताए । उनले घोषणा गर्नुभन्दा ठूलो कुरा नभइ प्रभावकारी कार्यान्वयनमा उत्तिकै चुनौती रहेको बताए ।
त्यस्तै पूर्ण खोपपालिका घोषणा भएको र यसको कार्यान्वयनमा आम सरोकारवालेको सहयोगमा गरिएको जनस्वाथ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्णा सवकोटाले बताए ।उनले भने,‘खोप बालबालिकाको नैसर्गिक अधिकारभित्र रहेको उल्लेख गर्दै पूर्ण खोपलाई सरकारले विशेष प्रथामिकता दिएकोे बताए ।
त्यस्तै स्थानीय तह र सरोकारवालाहरूको अपनत्व र सहभागितामा नियमित खोपको सुद्धीकरण एवं स्थानीय स्रोतको अधिकतम परचिालन गरी सबै बालबालिकाहरूलाई राष्ट्रिय खोप तालिका अनुसारका खोपहरू उपलब्ध गराई खोपबाट बचाउन सकिने रोगको रोग लाग्ने दर, अपाङ्गतादर र मृत्युदरमा कमी ल्याउनु यो कार्यक्रमको लक्ष रहेको छ ।
नियमित खोपको सुद्धीकरण गरि राष्ट्रिय खोप तालिका अनुसार प्रदान गरिने सबै खोपहरू सबै बालबालिकाहरूले पूर्ण रुपमा प्राप्त गरेको सुनिशिचत गर्ने स्थानीय तहको अपनत्व र नेतृत्वमा वार्षिकरुपमा पूर्णखोप वडा, स्थानीय तह पूर्णखोप सुनिश्चितता र प्रमाणिकरण गर्ने ,सबै पालिका पूर्णखोप सुनिश्चितता भए पछि बार्षिकरुपमा जिल्ला र प्रदेशको सुनिश्चितता र प्रमाणिकरण गर्ने, खोप कार्यक्रमको प्रभावकारी संचालन, व्यवस्थापन, गुणस्तर कायम गर्न स्थानिय तहको क्षमता विकास गर्ने , खोप कार्यक्रमको सुदृढीकरणमा स्थानीय तहका सरोकारवालाको सहभागिता, अपनत्व र साझेदारी विकास गर्ने ,पूर्णखोप सुनिश्चित वडा, स्थानीय तह, जिल्ला र प्रदेश घोषणा कार्य जति महत्वपूर्ण छ, त्यसको निरन्तरता र दिगोपना कायम गर्न उत्तिकै प्रमुख कार्य हुन जान्छ , प्रत्येक वर्ष जन्मिने नया बच्चाहरू लाई निरन्तर पूर्णखोप प्राप्त भएको सुनिश्चितता र दिगोपनाको यकिन नभईकन गरिने घोषणा कार्य प्रभावकारी हुन सक्दैन ।तसर्थ पर्णखोप घोषणा तथा दिगोपना कार्यक्रमका रणनीतिहरू यसप्रकार रहेका छन ।
प्रभावकारी एवम गणस्तरीय नियमित खोप सेवा सञ्चालन ,प्रत्येक वर्ष चैत्र महिना भित्र स्वास्थ्यकर्मीको सलग्नतामा घरघरी सर्वेक्षण, जिल्ला जनस्वास्थ्य कार्यालय, जुम्लाका प्रमुख कृष्ण सापकोटा उपस्थित थिए । १९ महिनासम्मका खोप छुटेका बालबालिकाको पहिचान गरी उनीहरुलाई खोप पुरा गरिने छ।
यसले विशेषगरी बाल मृत्युदर घटाउन सहयोग गर्ने विश्वास लिइएको छ। पालिकामा ५ बर्ष मुनिका ५ सय २७ जना बालबालिका रहेका छन जसमा ०–१५ महिना सम्म २ सय १९ र १६–५९ महिना जम्मा ३ सय ८ रहेका छन भने जसमा पुर्ण खोप प्राप्त गर्ने २ सय ४७ रहेको छ ।कार्यक्रममा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी तथा स्वयंसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।