पूर्ण रुपमा अपाङ्गता भएका हरिचन्द्रको उपचारका लागी सहयोगको याचना
जुम्ला :वि.सं २०७३ सालमा विहान झिसमिसेमा ट्याक्टर लिएर बालुवा लिन गएका जुम्ला चन्दननाथ नगरपालिका वडा नम्बर ७ निवासी हरिचन्द्र रावल दुर्घटनामा गरे । सो ट्याक्टरमा बसेका एक जनाको मृत्यू भयो भने एक अर्का साथीको खुट्टा भाचियो ।
हरिचन्द्र रावललाई भने नसामा समस्या भएपछि उपचार गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला, नेपालगंज मेडिकल कलेज, हुदै भारतको लखनऊमा उपचारका लागि लिएर महंगो खर्च भयो । तर पूर्ण रुपमा सन्चो हुन सकेन । दुर्घटना पछि घरखेत बेचेर काठमाण्डौ, वनेपा सहितका विभिन्न अस्पतालमा पनि परिवारले उपचारका लागि लियो । तर सन्चो नभएपछि घर फिर्ता भएर झण्डै ८ बर्ष देखी घरमै स्याहार सुसार भईरहेको छ । अहिले पनि उपचार गर्न लखनउ जाने योजना रहेको छ ।
प्राकृतिक वा दुर्घटनाको कारणले धेरै व्यक्ति अपाङ्गता भएका छन् । तर हरिचन्द्रको फरक छ । उनकोे स्याहार सुसारमा दिनरात लागेकी आमा कर्मकाली रावल भन्छिन, अहिले शरिरमै दिसा, पिसाब हुन्छ ।दुवै खुट्टा चल्दैनन, दाया हात चन्दैन, दिसा पिसाव गर्न पेटमा पाईप राखिएको छ । डाक्टरले दिसा पिसावका लागि पहिले एक ठाउँबाट पाईप हालेका थिए । त्यहाँ घाउ बल्झिएपछि अर्को ठाउँबाट पाईप जोडिएको छ । अहिले त्यहाँ पनि घाउ बल्झियो । घाउ सफा गर्ने, औषधी खाने पैसा छैन् ।
आमा कर्मकली भन्नु हुन्छ, हरिचन्द्र पूर्ण अशक्त भएर ओछ्यानमा थन्किएपछि आफु पनि उसैको स्याहार सुसारमा ९ बर्ष देखी लागेको छु । घरमा आम्दानी छैन, भएको उसको नामको सम्पति समेत बिक्रिगरेर बस्ने घर पनि उपचारका लागि धितो राखिएको छ । आम्दानी केही छैन, छोराको दिसा पिसाव स्हार्न मात्रै मासिक २,३ हजारको पञ्जा चाहिन्छ, २० हजारको औषधि चाहिन्छ । घाउ बल्झिदै गयो । अहिले त ह्विल चेयर पनि छैन । वोेकेर अस्पताल घाउ सफा गर्नका लागि ल्याउन कठिन छ । मासिक खाना जुटाउन समेृत कठिन भएको उनी दुःख पोख्छिन ।
दुभाग्य हरिचन्द्रका वुवा कर्मसिंह रावल पनि विरामीले थलिएका छन् । पेट र पाईल्सको सल्यक्रिया पछि झन बिग्रेर दैनिक जीवन यापन गर्न कठिन भईरहेको बताइन । आमा कर्मकलाले कोही दयालु महानुभाव भएमा छोराको उपचारका लागि सहयोग गर्न अपिल गरिन । पूर्ण अक्त भएका हरिचन्द्र भने हरेक समयमा आफ्नो मृत्यू छिटो भईदिएको भए भनेर भगवान पुर्काछन । आज आमा हुदा दिसा पिसाव स्याहारिरहनु भएको छ । आमा नहुदा के गर्ने, कसरी दैनिक जीवनयापन गर्ने, उनको चिन्ता रहेको छ । हरिचन्द्रको पूर्ण अशक्त भएपछि पछि श्रीमति पनि छोडेर अर्काको विवाह गरेको परिवार बताउछ । आमाले अर्कै विवाह गरेर गएपनि छोरी हरिचन्द्रको साथमा जेनतेन पढिरहेकी छन् ।
कमाउने छोरा दुर्घटना परेर पिडै पिडा खेपेको परिवारले स्थानीय सरकार सँग पनि उपचार खर्च माग गरेपनि नपुगेको बताउछ । अघिल्लो कार्यकाल कान्तिका सेजुवाल नगरप्रमुख हुदा रु २५ हजार उपचारका लागि चन्दननाथ नगरपालिकामा माग गरेका थियौ । तर अहिले पाएका छैनौ । शरिरमै दिसा, पिसाव गर्ने, घाउ बल्झिरहेका व्यक्तिलाई राज्यले यथासिघ्र उपचार गर्नुपर्ने हुन्छ ।
यता चन्दननाथ नगरपालिकाका महिला तथा वालवालिका शाखा महिला विकास निरीक्षक पुष्पा थापाले उनको उपचारका लागि पहल गरिने बताए ।यता अपाङ्गता भएका व्यक्तिलाई सरकारले निशुल्क उपचार गर्ने भएपनि हुन नसकेको राष्ट्रिय अपांग महासंघ नेपालका केन्द्रीय सदस्य रामकृष्ण न्यौपाने बताउछन ।