छैटौँ जुम्ला–रारा अल्ट्राम्याराथनको उपाधि कुँवर र बुढालाई

तस्बिर सामाजिक संञ्चालन

जुम्ला: यसको भएको छैटौं जुम्ला रारा अल्ट्राम्याराथनको उपाधी पुरुष तर्फ दल बहादुर कुँवर र महिला तर्फ कल्पना बुढाले पाएका छन । शनिवार भएको ५१ किलोमिटर दुरीको दौड प्रतियोगिताको उपाधि कुँवर र बुढाले पाएका हुन ।
त्यस्तै २३ वर्षिय कुँवरले तातोपानी गाउँपालिका वडा नं ७ निवासी हुन । उनले ,किलोमिटर दुरी ५ घण्टा ५३ मिनेट ५७ सेकेण्डमा अन्तिम चेक प्वाईन्ट पार गरेका हुन् । यस अघि पाँचौ संस्करणमा कुँवर म्याराथनको प्रथम भएका थिए । भने महिला तर्फ प्रथम हुन सफल धावक कल्पना बुढाले निर्धारित दुरी ७ घण्टा ५१ मिनेट ३१ सेकेण्डमा पार गरेकी हुन ।

त्यस्तै पुरुष तर्फ दोस्रो हुनेमा ४२ वर्षिय त्रिभुवन आर्मी क्लबका सुबेदार होमलाल श्रेष्ठले ६ घण्टा ७ मिनेट ५५ सेकेन्डडमा दुरी पार गरेका छन । भने तृतीय हुने सोम बहादुर रावतले ६ घण्टा १० मिनेट ०४ सेकेन्डमा पार गरेका थिए ।

त्यस्तै चौथो भएका चन्द बहादुर.रावतले ६ घण्टा १९ मिनेट २८ सेकेन्ड उक्त दुरी पार गरेका थिए । भने पाचौ हुने शेर बहादुर.बुढाले ६ घण्टा ३१ मिनेट ४२ सेकेन्डमा दुरी पार कर्णाली स्पोट क्बलले जनाएको छ ।
त्यस्तै महिला तर्फ उपविजेता जुम्लाकै २० वर्षिय राज्यल क्ष्मी रावल भएकी छन ।उनले ५१ किमी दुरी ८ घण्टा ४८ मिनेट ४१ सेकेन्ड पूरा गरेकी हुन ।

त्यस्तै तेस्रोमा सन्दिभा बुढा आएकी हुन । उनले मेहनतका साथ ८ घण्टा ४६ मिनेट ०२ सेकेन्डमा पार गरेकी हुन । भने चौथो भएकी पुसा बुढाले ९ घण्टा ३७ मिनेट ७ सेकेन्ड, र पाँचौ हुन सफल अनिशा गुरुङ्गले ११ घण्टा ७ मिनेट २५ सेकेन्डमा दुरी पार गरेकी हुन ।

यस पटक भएको जुम्ला रारा अल्ट्राम्याराथन ५१ किमी दुरीको रहेको थियो । प्रतियोगितामा प्रथम हुने लाई एक लाख ,दोस्रो,,७५ हजार र तेस्रोलाई ,५० हजार हजार र ३५ हजार,मेडल,प्रमाणपत्र हस्तान्तरण गरिएको कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए ।उनका अनुसार यस प्रतियोगिताको मुख्य उद्देश्य कर्णालीमा खेल पर्यटनको विकास गरी विश्व सामु कर्णाली चिनाउने रहेको छ । उनका अनुसार ५ र १० किमी दुरीमा उत्कृष्ट आउने धावकहरुलाई प्रमाण पत्र र पुरस्कार वितरणा गरिएको थियो ।