प्रेस सेन्टर जुम्लाले बुझायो प्रेस स्वतन्त्रता, र पत्रकार सुरक्षा सम्बन्धी ज्ञापनपत्र


जुम्ला :  प्रेस सेन्टर जुम्लाले प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षाको विषयमा चासो राखेको छ। जुम्लामा प्रेस सेन्टर नेपालले प्रशासन मार्फत सरकार समक्ष बुझाएको १७ बुँदे ज्ञापनपत्र बुझाउदै प्रेसमाथि बढ्दो आक्रमण र अभिव्यक्ति स्वतन्त्रताको हनन विरुद्धको आवाज हो।

पत्रकारमाथिका भौतिक आक्रमण रोक्न तत्काल कदम चाल्नुपर्ने, सञ्चार माध्यममाथिको दमन अन्त्य गर्नुपर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कानुनहरू खारेज गर्नुपर्ने, पत्रकार सुरक्षासँग सम्बन्धित नीति निर्माण र कार्यान्वयनमा प्राथमिकता दिनुपर्ने ,नगरपालिकाले÷गाउँपालिकाले समानुपातिक विज्ञापन ऐन तथा संचार सँग सम्बन्धीत कानून बनाई समानुपातिक बिज्ञापन प्रणाली लागु गरि स्थानीय संचार माध्यामको संरक्षण गर्नु पर्ने बताइएको छ ।


त्यस्तै स्थानीय पत्रकारलाई क्षमता अभिबृद्धिको तालिमका कार्यक्रमहरुमा प्रथामिकता दिन ,स्थानीय तहमा सूचना प्रविधि शाखाको उचित व्यवस्थापन तथा स्थानीय सरकारका गतिविधि नियमित गर्न वेवसाईट, सामाजिक सञ्जाल क्रियाशिल बनाउन, महिला पत्रकारको क्षमताबृद्धिमा विशेष प्रथामिकता दिन तथा महिलाहरु माथी भईरहेका घरेलु् हिंसा न्यूनिकरण गरि बालिका सुरक्षा कार्यक्रममा प्रथामिकता दिन र जुम्ला सदरमुकाम सहित सवै स्थानीय तहमा सिसि टिभी जडान गरि अपराध न्यूनिकरणमा सहयोग गर्र्ने लगायतका १७ बुदे माग रोखर ज्ञापन पत्र बुझाइएको छ ।

गौरवशाली संगठन प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन गत चैतमा सम्पन्न भइ यहीं वैशाख १३ गतेदेखि नयाँ कार्यसमितिले कार्य प्रारम्भ गरेकोजानकारी गराउदै अहिले पनि पत्रकारको हत्या, पत्रकारमाथि भौतिक आक्रमण, सञ्चार गृहमाथि आक्रमण, पत्रकारको पेशागत असुरक्षाका घटनाले संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको अधिकार संकुचित भइरहेको बताएको छ । जिउँदै जलाएर पत्रकार सुरज रजकको हत्या गरिएकोछ ।

प्रेस सेन्टरका हालै ३२ औं विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा नेपालमा प्रेस स्वतन्त्रता हननका घटना बढेका छन् । जुम्ला जिल्लामा पनि प्रेस माथिको हमला भईरहेको छ । सञ्चारसँग सम्बन्धित कानून निर्माणमा ढिलाइ भइरहेका छन् । स्थानीय तहमा कानून निर्माण हुन सकेका छैनन ।


प्रेस सेन्टर नेपाल केन्द्रीय सर्कुलर अनुसार जुम्लामा सरकारलाई प्रशासन मार्फत र स्थानीय तहलाई जिल्ला हुलाक मार्फत प्रेसका सवाल तथा केही जिल्लाका समसामयिक विकास, शुसासनका सवालमा तपशिलका माग सम्वोधन गर्न हुन अनुरोध सहितको ज्ञापन पत्र पठाईएको छ ।त्यस्तै, ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले पत्रकार लगायत आम नागरिकको शान्ति तथा सुरक्षाको ग्यारेन्टी सुरक्षा निकायले गर्ने बताए । उनले पेस सेन्टरले उठाएका माग हरु संम्बन्धी निकायमा पठाउने बताए ।