जुम्लामा सुर्तीजन्य पदार्थ सम्बन्धी अन्तरक्रिया :१८ वर्ष नपुगेकालाई बिक्री वितरण नगर्ने र नगराउने प्रतिबद्धता
जुम्ला :सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनाइएको कानुन प्रभावकारी कार्यान्वयन गर्न सरोकारवालाले सुझाव दिएका छन् ।नेपाल सरकार स्वास्थ्य मन्त्रालयले आयोजना र जनस्वास्थ्य सेवा कार्यलय जुम्लाको समन्वयमा गरिएको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी अन्तक्रिया कार्यक्रमा सहभागीले ऐन प्रभावकारी कार्यान्वयनका लागि सुझाब दिएका हुन ।
त्यस्तै चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन लागी पर्ने प्रतिबद्धता जनाएका छन । उनले सुर्तीजन्य पदार्थ मानव स्वास्थ्यका लागि हानिकारक भएकाले यसको प्रयोगलाई नियन्त्रण गर्न नागरपालिकाले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) सम्बन्धी ऐन बनाई कार्यान्वयन गर्ने बताए ।उनले भने, ‘त्यसैका लागि सबै निकायको सहयोग आबश्यक छ ।
त्यस्तै स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक तथा सूचना अधिकारी डा. भक्तबहादुर केसीले सुर्तिजन्य ऐनमा संघीय सरकारले बनाएको ऐन भन्दा केही परिमार्जित गर्ने बताए । ऐनमा सुर्तीजन्य पदार्थमा चुरोट बिडी सिगार तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खासँगै हिटेड टोबाको, ईसिगरेट, भेप्स, हुक्का, सिसा समेतलाई समेटेको उनले बताए । उनले विद्यालय, कलेज, विश्वविद्यालय लगायतका सबै शिक्षण संस्था, अस्पताल, क्लिनिक, फार्मेसी तथा अन्य स्वास्थ्य केन्द्रहरू, सार्वजनिक सेवा दिने सरकारी तथा अर्ध–सरकारी कार्यालयहरू, ट्याक्सी, विमान, रेल आदि भित्र तथा ती साधनहरू चढ्ने÷ओर्लने स्थानहरूमा ,मन्दिर, मस्जिद, चर्च, गुम्बा आदि पवित्र स्थलहरू, बालबालिकाको खेल क्षेत्र, बाल उद्यान, मनोरञ्जन पार्क लगायत क्षेत्र सेवा गर्न नपाइने बताए ।
त्यस्तै ,नेपाल सरकार स्वास्थ्य मन्त्रालयका सचिब गोपि कृष्ण रेग्मीले शैक्षिक संस्थाहरुको सय मिटर दुरीसम्म अनुमति पत्र नदिइने, बिक्री वितरण र प्रयोगमा पनि रोक लगाउने, १८ वर्ष उमेर नपुगेका र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्ने र नगराउने प्रतिबद्धता सबैले जनाउनु पर्ने बताए । उनले खिल्ली चुरोट, विद्युतीय चुरो बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने, विद्यार्थीलाई सुर्तीजन्य पदार्थको हानीबारे जनचेतना अभिवृद्धि गर्न स्थानीय पाठ्यसामग्रीमा यो विषय समावेश गर्ने, सबै सरकारी निकाय, स्कुल, कलेज, स्वास्थ्य संस्था, वडा कार्यालयहरु धार्मिकस्थल, खेल मैदान क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्ने जस्ता कार्यलाई अगाडी बढाउनु पर्ने बताए ।
त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले हरेका कार्यक्रममा अन्तरक्रिया गर्ने, नियमन र अनुगमनलाई ध्यान दिने जस्ता क्रियाकलाप बढेको बताए । उनले सुर्तिजन्य पदार्थको नियणन्त्रको लागी सबै तहतप्का र नागरिक उतिकै जिम्मेवार हुन आबश्यक हरेको बताए ।
त्यस्तै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका निमिक्त उपकुलपती डाक्टर डब्बल बहादुर धामीले कानुन विपरीतका सुर्तीजन्य पदार्थ जफतगरी नष्ट गर्न आबश्यक रहेको बताए । उनले फिलिममा हेरोहरुले सुर्तीजन्य पदार्थ तथा मदिर खाएको तस्बिरुहरु देखाउन प्रतिबन्द्ध लगाउनु पर्ने बताए । उनका अनुसार स्वास्थ्यका हिसाबले जोखिक हुने खालका भिडियो ,अडियो बालबालिकाले हुर्ने हुनलाले यस्ता सुर्तिजन्य पदार्थ सेवा तिब्र रुपमा बढेको बताए । उनले सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्नका लागी प्रतिष्ठानले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
त्यस्तै कालिकोट , सुर्खेत र जुम्लाका कार्यक्रमका सहभागीहरुले गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्यविज्ञ, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, शिक्षक, व्यापारी, सञ्चारकर्मी तथा विद्यार्थीको सहभागितामा सुर्तीजन्य पदार्थ बिक्री वितरण कानुनमा व्यवस्था भए बमोजिम अनुमति पत्र प्राप्त पसलबाट मात्रै बिक्री वितरण गर्नका लागी सहयोग गर्ने कार्ययोजना बनाएका थिए । उनीहरुले सबै स्थानीय सरकारले ऐन ,कानुन राजपत्रमा प्रकाशित गरी सुर्तीजन्य पदार्थ नियन्त्रण गर्ने बताएका छन ।