काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संगठित अपराधको कसूरमा प्रहरी अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले कास्की प्रहरीलाई अनुमति दिएको छ।
कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको एकल इजलासले लामिछानेलाई १३ दिन हिरासतमा राखेर अनुसन्धन गर्न अनुमति दिएका हुन् ।अदालतको आदेशसँगै लामिछाने अझै १३ दिन प्रहरी हिरासतमा रहनेछन्।
उनीसँगै सोही प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशी,लीला पछाईं र पूर्वसंचालक रामकुमार खनाललाई पनि हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति प्रदान गरेको छ।रविलाई प्रहरीले असोज २ गते काठमाडौंमा पक्राउ गरेको थियो। अनुसन्धानको लागि हिरासतमा राख्न यो चौथोपटक म्याद थप गरिएको हो।उनीविरुद्द रुपन्देही प्रहरीले पनि पक्राउ पूर्जी जारी गरेको छ। बुटबलमा पनि उनीमाथि अनुसन्धान हुने छ ।