पाँच हजार ८ सय ६२ मेट्रिक टन स्याउ निर्यात भएको कृषि कार्यालयको तथ्यांक

३८ करोड १० लाख ३० हजार बराबरको आम्दानी

जुम्लाः जिल्ला कृषि विकास कार्यालयका अनुसार आर्थिक बर्ष २०८१।०८२ मा पाँच हजार आठसय ६२ टन स्याउ निर्यात गरेको छ । कार्यालयले बार्षिक समिक्षा कार्यक्रम राखेर स्याउ निर्यातको प्रतिवेदन समेत सार्वजनिक गरेको छ । कार्यालयले आर्थिक बर्ष २०८०।०८१ को प्रगति र आर्थिक बर्ष २०८१।०८२ को कार्यक्रमका बिषयमा सार्वजनकिरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यालयले शुक्रवार सम्पन्न गरेको समिक्षामा ढुवानीबाट ५ हजार ५ सय ५० मेट्रिक टन, हवाई जहाँजबाट २४ मेट्रिक टन, हाईस र जिपबाट २५८ मेट्रिक टन, बसबाट सिधै जुम्लाबाट –काठमाण्डौं ३० टन स्याउ निर्यात भएको छ ।यो तथ्यांक अनुसार स्याउबाट मात्रै ४३ दिनमा जुम्लाले ३८ करोड १० लाख ३० हजार स्याउबाट आम्दानी भएको छ ।
जिल्ला कृषि विकास कार्यालयका वागवानी अधिकृत राज्य लक्ष्मी खत्रीले यस बर्ष १५ हजार मेट्रिक टन स्याउ उत्पादन हुने लक्ष्य रहेको बताइन । उनका अनुसार स्थानीय स्याउ पाँच हजार आठ सय ६२ मेट्रिक टन २०८१ साउन २९ देखी २०८१ असोज ८ गते सम्मको हो । केही स्याउ किसाने घरमै खाने तथा विभिन्न परिकारहरु तयार गर्ने गरेका छन् । अग्लो स्थानको स्याउ, फुजी स्याउ र गोल्डेन निर्यात भईरहेको छ । अझ फुजी स्याउ तिन सय टन उत्पादन हुने अनुमान छ ।

त्यस्तै कृषि विकास कार्यालय जुम्लाले आर्थिक बर्ष २०८०।०८१ मा कृषक पोत्साहन कार्यक्रम १६ वटा, ११ मध्य ६ वटा सम्झौता भई काम सम्पन्न भएको छ । व्यवसायिक फलफुल प्रर्वधन कार्यक्रम १८ वटा रहेका छन् ।
त्यस्तै कृषि बिकास कार्यालय जुम्लाका प्रमुख वालाकराम देवकोटाका अनुसार सिचाईमा २६ वटा ४ हजार ८ सय मिटर आरसिसि क्यानल निर्माण, २२ वटा आरसिसि ट्यांकी निर्माण, ११५ वटा हिउँदे वगैचा काँटछाँट अभियान, ६जना प्रांगारिक सिचाई गर्ने किसानलाई साना सिँचाई,६ वटा समुहलाई सामग्री वितरण, तातोपानी गाउँपालिका वडा नम्बर ५ स्याउवालीमा कृषक पाठशाला स्थापना गरिएको छ । छुमचौरमा मार्सीधानको ब्लग स्थापना गरिएको छ ।

त्यस्तै्र कार्यालय प्रमुख देवकोटाका अनुसार उच्च घनत्वका स्याउका विरुवा खरिद गर्न भने टेण्डर परेन ।५० प्रतिशत अनुदानमा २० लाख बजेटको उच्च घनत्व जातका स्याउका विरुवा आयत गर्ने कार्यक्रममा २ पटक सुचना प्रकाशन गर्दा पनि टेण्डर नपरेपछि काम हुन सकेको छैन् ।

त्यस्तै समिक्षा कार्यक्रममा किसानले सरोकारवाला निकायको सुझावमा योजना छनौट तथा सरोकारवालाको अनुगमन आवश्यक रहेको सुझाव दिएका छन् । स्याउ कृषक रामसिंह रावलले कृषिमा अनुसन्धान शुन्य भएकाले यसमा जोड दिनुपर्ने बताए । उनले भने, योजना छनौट गर्दा जिल्लाले पठाएका कुनै पनी पर्दैन । कुनै ब्यक्तिले भनसुन गरेका आधारमा कृर्षिका कार्यक्रम आउने गरेका कारण उपलब्धीमुलक हुन नसकेको अवस्था छ ।
त्यस्तै स्याउ किसान गोपाल रोकायाले किसानलाई आएका कार्यक्रमहरु फ्रिज नजाने गरेको बताए । उनले किसानको आबश्यता मुखीका कार्यक्रम ल्याउन अनुरोध गरे । नगरपालिकाका कृषि प्रमुख सुर्जा बोहरा र तातोपानी गाउँपालिकाका कृषि शाखा प्रमुख मोहन महतले आफ्नो पालिकामा भएका कामको समेत प्रस्तुतिकरण गरेका छन । कृषि बिकास कार्यालयका अनुसार जुम्लाका आठ वटा पालिकाका कृषि शाखाकाहरु बिच कृषिका कार्यक्रम प्रभाबकारी बनाउनका लागी समिक्षा गरीएको छ ।

 

सम्बन्धित समाचार