गुठीचौरमा प्याराग्लाइडिङ परिक्षण (फोटो फिचर)


जुम्ला ःजुम्लाको गुठीचौर गाउँपालिकाकोे प्याराग्लाइडिङ परिक्षण गरिएको छ । पर्यटकीयस्थल गुठीचौरलाई पर्यटनका रुपमा प्रवर्द्धन गर्न साहसिक खेल प्याराग्लाइडिङ उडान गरिएको हो । पर्यटकी यस्थल गुठीचौरलाई पर्यटकीय प्रवर्द्धन गर्न पटक साहसिक खेललाई ब्यवसायिक रुपमा संचालन गरिने उद्देश्य रहेको छ ।


पोखरामा प्याराग्लाडिङ गर्दै आएका बाबु एडभान्चर ग्रुपका सानुबाबु सुनुवारको टिमले प्याराग्लाइडिङ गुठीचौरमा परीक्षण उडान गरेको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए । उनले भने गुठीचौरलाई पर्यटकी यस्थलको रुपमा बिकास गरी यहाको अर्थिक समृद्धी गर्ने बताए । उनले गुठीचौर गाउँपालिकाले पहिलो चरणमा खुल्ला सुचना जारी गरी प्याराग्लाडिङ उडान सम्बन्धीको सिप सम्बन्धी तालिम दिइने बताए । उनले यस पछि पहिलो प्रथामिकतामा राखेर यस सम्बन्धी कानुनी प्रक्रिया पुरा गर्ने बताए । “परीक्षण उडान सफल भएको छ”, अध्यक्ष बुढाले भने, “अब प्याराग्लाडिङ पाइलट ब्यवस्थापन गरेर गाउँपालिकाले आगामी दिनमा नियमित उडान गर्ने छ। उनले गुठीचौर गाउपालिकाले एक नयाँ कामको सूरुवात गरेकाले यसलाई सफल पार्नका लागी सबैको सहयोग आबश्यक रहेको छ ।


त्यस्तै पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले गुरुयोजना बनाई कार्यान्वयन गर्ने प्रमुख प्रशासकिय अधिकृत धुव्र राज गिरीले बताए । उनले भने, यो गुठीचौरको लागी आर्थिक समृद्धी गर्ने बाटोको रुपमा रहेको छ । उनका अनुसार नियमित प्याराग्लाइडिङ उडान गर्न यहाँका युवालाई यससम्बन्धी विशेष तालिमको व्यवस्था गर्ने छ ।

त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले प्रकृती र सँस्कृती जुम्लाको आर्थिक समृद्धी भएको बताए । र्यापटिङ ग्याड पनि हो । प्रकृति र साँस्कृत हाम्रो अर्थ तन्त्र जोड सक्नु पर्छ । उनले भने,हाम्रो नेपालको डाँडापाखामा राज्यले लगानी गरी पर्यटन प्रवर्द्धन गर्न आबश्यक छ ।

त्यस्तै बाबु एडभान्चर ग्रुपका मोहन सुनावार,सानुबाबु सुनुवारले अधि आठ वटा देशमा प्याराग्लाइडिङ उडान गरेको बताए । उनले भने, जुम्लाको गुठीचौर जस्तो स्वर्गभुमी थप हौसला बढाएको छ । उनले नेपालका अग्ला हिमालमा पर्यटन प्रवर्द्धन गर्ने एउटा सपना रहेको बताए । गुठी चौर गाउँपालिकामा हामीले आएर एउटा बिउ रोपिदिएका छौँ । यसलाई हुकाउने बढाउने जिम्म पालिकाको रहेको बताए । जुम्ला स्वर्ग हो ।


त्यस्तै गुठीचौर गाउँपालिकाले आयोजना गरेको प्याराग्लाइडिङ परिक्षण उडान कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्र बहादुर शाहीले पालिकाको लागी मात्र नभइ सबैको लागी महत्वपुण काम भएको बताए । उनले यहाको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्नका लागी जुम्लाका सबै पत्रकारहरु सबैलाई सकरात्मक रुपमा कलम चलाउन अनुरोध गरे । गुठीचौर आफैमा सुन्दर ठाउँ भएकाले पर्यटकहरुको आषर्णको केन्द्र बन्दै गएको छ । गुठी चौर गाउँपालिकाले प्याराग्लाइडिङ परिक्षणले एक नमुना काम भएको बताए ।


त्यस्तै परिक्षण उडानमा गुठीचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढा, प्रमुख प्रशासकिय अधिकृत धुब्र राज गिरी, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाही ,स्थानीय टेक बहादुर भण्डारी ,पत्रकार प्रकाश उपाध्याय ,पालिकाका कर्मचारी प्रेम बहादुर शाही , धर्मराज धिताल, र हरिचन्द्र बुढाले गरेका थिए ।
त्यस्तै सुरक्षित उडानका लागि प्याराग्लाइडिङ उपकरणका सम्पूर्ण जाँच,स्वास्थ्य मापदण्ड लगायतका विषयमा प्यारा पाइलट र व्यवसाय सञ्चालकलाई सचेतनाका कार्यक्रम सञ्चालन गरिने गुठीचौर गाउँपालिकाले जनाएको छ।

सम्बन्धित समाचार