जुम्लामा एक जनाको शव फेला ।।

जुम्लामा एक जनाको शव फेला परेको छ । जुम्लाको हिमा गाउँपालिका ४ कुडु र सिम्तली गाउँको बीचभागमा पर्ने बाटो भन्दा करिब ५० मिटर तल मृत अवस्थामा एक व्यक्तिको शव फेला परेको हो । हिमा चार वडाका जार्जी निवासी लगम भन्ने अनदाजी ३५ वर्षीय लोक बहादुर शाहीको शव मंगलबार राती फेला परेको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीकाले जानकारी दिनुभएको छ । उहाले भन्नुभयो प्रहरीको प्रराम्भीक अनुसन्धान अनुसार कुटपिट गरी हत्या भएको अनुमान गरिएको छ ।

घटना स्थलमा “जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी निरिक्षक राजेन्द्र चन्द्रको नेतृत्वको टोली र बुअ प्रहरी चौकीबाट प्रहरी टोली खटाएको छ ।घटनाको विषयमा शंका गरिएका २र४ जना व्यक्तिहरुलाई सोध्ने र बुझ्ने काम भइरहेको छ ।मृतक शाहीको छाती, अनुहार र टाउकोमा चोट देखिएको छ । भने मृत व्यक्तिको शव पोष्र्टमाटम गर्नका लागि जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तर्फ ल्याइने तयारी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।