भुक्षयको जोखिम कम गर्न जुम्लामा बृक्षारोपन,
भुक्षयको जोखीम कम गर्नका लागी जुम्लामा बृक्षारोपना गरिएको छ ,। विश्वखाद्य कार्यक्रमको आर्थिक सहयोगमा पेस नेपालद्धारा सञ्चालित क्याप्स कर्णाली परियोजनाले नाङ्गा पाखामा रुख रोप्न थालेको हो । उक्त परियोजना मार्फत जुम्लाको हिमा गाउँपालिका मच्ची सामुदायीक बनमा रुख रोपीएकोछ । त्यहाका स्थानियले नाङ्गा पाखामा रुख रोप्न थालेका हुन् । नाङ्गा पाखामा पहिरो र भुक्षयको संभावना बढि हुने भएकाले पनि रोकथामका लागि धमाधम रुख रोप्न शुरु भएको हिमाका स्थानीयले बताएका छन ।
त्यस्तै तिला गाउँपालिका १ स्थित दहचौर सामुदायीक बनमा स्थानीय रुख रोपिरहेका छन् । देवद्यार, सल्लो, ढटेलो र डालेचुकका विरुवा रोपिएको हो । स्थानीय नरबहादुर रावतले भने पहिरो र भुक्षयबाट गाउँबस्ती जोगाउन रुख रोपेका हौ । उनका आनुसार नाङ्गा पाखामा रुख रोप्पेका छौ , यस कार्यले जलवायु परिवर्तनको असर कम गर्ने बिश्वास गरिएको छ ।जुम्लाको तीन वटा स्थानीय तहका सात वटा सामुदायीक बनमा रुख रोपिएको हो । जिल्लाको तिला गाउँपालिकाको दह चौर सामुदायिक बन,रानी सामुदायिक बन र देवी पातल सामुदायिक बनमा रुख रोपिएको हो ।
वन फडानी हुदा उत्पादनमा गिरावट
पछिल्लो समयमा सामुदायिक बन जथाभावी फडानी भएकोले अहिले घना जंगल नाङ्गा पाखामा परिणत भएका छन् । जसले गर्दा पानीका मुहान सुखेका छन् । खडेरी पर्न थालेका छन् । सिचाइँ नहुँदा उत्पादनमा बर्षेनी गिरावट आउने गरेको छ। जलवायुको प्रभावले प्रत्यक्ष रुपमा असर परिरहेको छ । जलवायुको् प्रत्यक्ष असर कम गर्नको लागि सामुदायीक बनमा रुख रोप्ने कार्यक्रम गरिएको छ ।हिमा गाउँपालिकाको मच्ची सामुदायिक वन,गुलावदेव सामुदायिक वन र पातरखोलाको जुगेनी बनमा रुख रोपिएको छ । नाङ्गा पाखामा रुख पनि रोप्ने र स्थानीयलाई प्रत्यक्ष रोजगारी समेत सिर्जना हुने भएकोले स्थानीयले प्रत्यक्ष लाभ लिइराखेका छन् ।
अनुकुलन कोष र विश्वखाद्य कार्यक्रमको आर्थिक सहयोग र पेस नेपालद्धारा सञ्चालित क्याप्स कर्णाली परियोजनाले नाङ्गा पाखामा रुख रोप्न थालेको हो । सातवटा सामुदायिक बनमा झण्डै ३० हजार विरुवा रोपिएको पेस नेपालका अध्यक्ष किशोर न्यौपाने बताए ।उनले भने,‘स्थानीय सरकारको समन्वयमा नाङ्गा पाखाको पहिचान गरेर रुख रोप्न थालिएको हो ।’ पछिल्लो समयमा यहाँका बन मासिने क्रममा छन् । तर रुख रोपिदिने कोही छैनन् । उनले भने,‘बनजंगलको संरक्षण र जलवायुमा भएको हलचल कम गर्न रुख रोप्ने कार्यक्रमको शुभारम्भ गरिएको हो । ’ यो कार्यक्रमले बनजंगल जोगाउन निकै ठुलो सहयोग गर्ने स्थानीय बताउँछन् ।तातोपानी गाउँपालिकाको महादेव सामुदायिक बनमा रुख रोपिएको हो ।यो परियोजना अन्र्तगत कर्णालीको मुगु र कालिकोट जिल्लामा पनि रुख रोप्न थालिएको हो । कर्णालीका तीन जिल्लामा गरेर झण्डै एक लाख रुख रोप्ने लक्ष छ । तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले रुख रोप्दै नाङगा पाखा हरियाली बनाउने योेजना स्थानीय तहको रहेको पनि बताईन् ।








