जुम्लामा सलह बाट बाली जोगाउन सलह अपडेट सेन्टर तोकिने ।

जुम्ला जिल्लामा सलहबाट बालिजागाउन किर्षी बिज्ञहरु बिच छलफल भएको छ । भारतबाट नेपाल प्रवेश गरेको सलश किरा डोल्पा हेदै जुम्ला पुगेपछि बाली जागाउन बिज्ञहरु बिच जिल्लाप्रशासनमा छलफल भएको हो। बिज्ञहरुको छलफलबाट तत्काल कृर्षि विकास कार्यालय जुम्लामा सलह अपडेट सेन्टर स्थापना गरिने भएको छ । डोल्पा जिल्ला हुदै प्रवेश गरेको सलहको झुण्डले बालीनालीमा नोक्सान गर्न थालेपछि कृषि विकास कार्यालय जुम्लामा सलह अपडेट सेन्टर स्थापना गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कृषि तथा खाद्य सुरक्षा समितिको बैठकले सलह किराले उत्पादनमा पार्न सक्ने प्रभावका विषयमा छलफल गरेको छ । यसले पार्ने असारका बारेमा उच्च सतर्कता अपनाउने निर्णय गरेको हो ।

जुम्लामा सलह किरा डोल्पा जिल्लाको पातारासी गाउपालिका गुठीचौर गाउपालिका , र चन्दननाथ नगरपालिकामा समेत हुदै प्रवेश गरेको छ । , प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने,‘ गुठिचौर, पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकाको पुर्वी क्षेत्रमा सलहले बालीनालीमा क्षति पुगेको पाइएको छ । फेरी पुर्वोत्तर हावाको गति संगै सलह किरा पातारासी गाउँतिर फर्किएको छ ।’
सलह किराबाट कृषि उत्पादनलाई सुरक्षित राख्न र खाद्य सुरक्षालाई सुनिश्चित गर्न पुर्व तयारी तथा प्रति कार्यका लागि कृषि विशेषज्ञ सेवा प्रदान गर्ने बैठकले निर्णय गरेको हो ।

किसानसामु चेतना अभिबृद्धि गर्ने र विषय विज्ञलाई परिचालन गरि संञ्चार माध्यमा सुचना सम्प्रेशण गर्ने निर्णय भएको हो । किसानलाई जागरुक बनाउन कृषि विकास कार्यालयको नेतृत्वमा तत्काल कार्ययोजना बनाउने भएको छ ।विशेषज्ञ कार्यालयले विशेषज्ञ सेवा प्रदान गर्ने,स्थानीय तहबाट सुचना प्राप्त गर्ने र सो को दैनिक प्रतिबेदन तयार गरि जिल्ला व्यवस्थापन समिति र सरोकारवाला बीच आदानप्रदान गर्ने निर्णय भएको कृषि तथा खाद्य सुरक्षा समितिका ंसंयोजक बालकराम देवकोटाले बताए । उनले भने सलह किराले कृर्षि उत्पादनमा गर्न सक्ने जोखिम कम गर्न जनचेतना प्रदान गर्ने,सलहको नियन्त्रण तथा रोकथामका लागि स्थानीय विज्ञ संगको सुझाब संकलन गरिने भएको छ । विशेषज्ञताका आधारमा जिल्लालाई सुहाउँदो विधि, पद्धती र प्रक्रियाका बारेमा प्रचार सामाग्री तय गर्ने निर्णय भएको छ ।