भारतमा श्रीमानले छोडेर अलपत्र परेकी देवकीको उद्दारपछि जुम्ला पुगीन, शाहिलाई अंगालो हालेर रोइन

जुम्ला । भारतको व्याङलोरमा श्रीमान् बागबहादुर कामीले छोडेर अलपत्र परेकी जुम्लाकी एक महिलालाई उद्दार गरेर घर फकाइएको छ । जुम्ला गुठिचौर गाउँपालिका ३ कि देवकी सुनारको भारतबाट सकुशल उद्दार भएर घर आइपुगेकी छिन् ।

भारतीय मिडिया ग्लोबल गोरखा टाईम्समा आफुलाई गुठिचौर ३ निवासी श्रीमान बागबहादुरले अलपत्र पारेको भिडियो सार्वजनिक भएपछि नेपाल ल्याउन पहल सुरु भएको थियो ।

मिडियामा देवकी भारतमा अलपत्र परेको खबर परिवारले पाएका थिए । अलपत्र परेको खबर पछि परिवारको आग्रहमा पत्रकार महासंघ जुम्लाकी उपाध्यक्ष दिलमाया शाहीको पहलमा ईण्डिया किन नेपालका संयोजक ईन्द्रराज भट्टराई सहितको टिमले भारतस्थित नेपाली दुतावासको सहयोगमा देवकीलाई जहाजमा ब्याङलोरबाट दिल्ली हुदै रुपेन्देहीको भैरवा विमानस्थलमा ल्याईएको थियो ।

उनी आज जुम्मला सदमरमुकाम पुगेकी हुन । जुम्ला पुगेपछि आफूलाई उद्दार गर्ने शाहीलाई भेटेर भावकु हुदै रोएकी थिइन । उनी शाहीको सहयोगले नेपाल फर्कन पाएको भन्दै भेट्दा भावुक भएर रोइन् ।

उनी आजै माईति घर चन्दननाथ नगरपालिका वडा नम्बर ९ सिंगाचौरमा गइन् । जुम्ला पुगेकी देवकीले भारतमा गएपछि श्रीमानले आफुलाई त्यही छोडेर ३ बर्षको बच्चा समेत खोसेर ल्याई अमानवीय व्यवहार गरेको पत्रकारहरुसँग बताइन् । उनले भनिन्,‘ब्याङगलोरमा श्रीमानले कैयौ दिन कुटपिटगरेर राखे । कैया दिन वेचिदिन्छु भनेर तनाव दिए । अन्तिममा मलाई छोडेर भागे । म दैलेखको एक दीदीको साहारमा ग्लोवल गोरखा मिडिया टाईम्सको शरणमा पुगे ।’

जुम्ला पुगेकी देवकीले घटना सम्झेर भक्कानिदै भनिन्, ं‘यदि दिलमाया शाही र ईन्द्रराज भट्टराई जस्ता व्यक्ति नभईदिएको भए मेरो अवस्था के हुन्थ्यो ? थाहा छैन । माईतिघर जुम्लामा पुग्दा नयाँ जीवन पाए छु । सहयोग गर्ने सबैलाई धन्यवाद छ ।’

आफुले हिन्दी भाषा नजान्ने नवुझ्ने भएकाले धेरै समस्या भएको तर मलाई धेरै सहयोग गर्ने दैलेखकी दिदी सहितलाई धेरै सम्झिएको बताईन । देवकीको आमा निली कामीले अर्काको ठाउँमा अलपत्र परेकी छोरी घर पुरयाईदिन सहयोग गर्ने पत्रकार महासंघ जुम्लाको उपाध्यक्ष दिलमाया शाही सहित महासंघको टिमलाई धन्यवाद दिईन । देवकीका अनुसार श्रीमान् बागबहादुरले अर्की श्रीमति लिएर आफुलाई छोडेर भारतबाट फरार भएको बताईन । उनलाई छोडेपछि उनका श्रीमान सम्र्पमा नै नआएको बताइन् ।

भिडियो 

सम्बन्धित समाचार