यस बर्षको एसइई परीक्षा सर्ने सम्भावना

काठमाडौ । यस बर्षको एसइई परीक्षा सर्ने सम्भावना बढेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस संक्रमणको कारण एसइई परीक्षा सर्न सक्ने बताएका छन् । आज राष्ट्रिय सभामा बोल्दै मन्त्री ढकालले यस वर्षको कक्षा १० को एसइई परीक्षा सर्न सक्ने बताएका छन् । दुई,तीन दिन महामारीको अवस्था हेरेर नयाँ तालिका बनाउने वा नबनाउने कुरा टुंगो लाग्ने उनले बताए । चैत ६ गतेबाट सुरु हुने भनिएको परीक्षा कोरोनाभाइरस संक्रमण जोखिमका कारण सर्न सक्ने उनको भनाइ छ ।








