बलात्कार प्रयास मुद्दामा महरालाई सफाइ

पूर्व सभामुख कृष्ण बहादुर महराले सफाइ पाउनु भएको छ। यौन दुर्व्यवहार विरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंले उहाँलाई सफाइ दिएको हो।  काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश अम्मरराज पौडलको इजलासले महरालाई सफाइ दिएको हो।

जिल्ला  अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।

सं‌सद सचिवालयकी कर्मचारीलाई बलात्‍कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेको थियो । यसअघि काठमाडौं जिल्‍ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो ।