सीजी कम्युनिकेशन प्रालिको सम्बन्धन खारेज

काठमाण्डाै – समयमै संस्था नवीकरण नगरेपछि चौधरी ग्रुपको स्वामित्वमा रहेको सीजी कम्युनिकेशन प्रालिको सम्बन्धन खारेज भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट २०६६ साल माघ १९ गते सात जिल्लामा टेलिफोन सेवा सञ्चालनका लागि अनुमति पाएको सीजीको सम्बन्धन खारेज गरेको हो । यसअघि प्राधिकरणले नवीकरणका लागि पटक–पटक तोकेता गरेको थियो ।

प्राधिकरणको निर्णयविरुद्ध मन्त्रिपरिषदमा दिएको पुनरावेदन सुनुवाइ नभएपछि प्राधिकरणले सबै प्रक्रिया पूरा गरेर मंगलबार खारेजीको सूचना निकालेको हो ।