जुम्ला : जुम्ला जिल्ला लगायत देशभरीका केही संचार माध्याम र पाटीका भातृ संगठनले फैलाईएको अन्तरजातिय बिहे र बालिकाका गोपनीयता प्रति बालिका पक्षले खेद प्रकर्ट गरेका छन । मिति २०८० असार १२ गतेको घटनाको बास्तविकता खुलाई समाचार संप्रेशण गरीएको र बिभिन्न संगठनले बालिकाको नाम राखी अफबाह फैलाउन लेखिएका प्रेस विज्ञप्ती प्रति उनिहरुले आपती ब्यक्त गरेका छन ।
बालिकाका दिदि निशा गिरीले बिहिवार पत्रकार भेटघाट गरी घटनाको बास्तविकता जानकारी गराएकी हुन । उनले जारी गरेको ध्यानाकषर्ण पत्रमा भनिएको छ, मेरी बिरामी आमाको लागि औषधी लिन भनी मिति २०८० असार १२ गते दिउसो अन्दाजी ४ बजे समयमा घरबाट हिडेकी बैनी अवेलासम्म घर फर्कि नआए पछि खोजी खवर गर्दा कतै केही थाहा नभए पछि मेरो बुवा र अंकल एैरेनीमा रहेको प्रहरी चौकीमा छोरी हराएकोले खोजी गरिपाउँ भनी पुगेको र प्रहरी भोली आएर निवेदन दिनु भनी भने पछि घर आएका थिए । उनले भनिन,’भोलीपल्ट १३ गते प्रहरी चौकी पुग्दा जिल्लामा गएर निवेदन गर्नु भने र बुवाले छोरी खोजी पाउँ भनी जिल्ला प्रहरी कार्यालयमा निवेदन दिनु भएको थियो ।
औषधी लिन भनी घरबाट हिडेको १४ वर्षको छोरीकोसंग बिहे लागि हिडीभनेर खोजी गर्दा स्थानिय मुकेन्द नेपालीले अघिल्लो दिन साझ ७ वजे तिर तातोपानी गाउँपालिका ४ को पाण्डेबाडाको देवदिहारको रुख नजिकै कुटपीट गरेर लछारपछार पारेको त्यही खेलिरहेका बच्चाहरुले भने पछि घटना के हो भनी खोजी गरिएको थियो आज ८ दिन पुरा भईसक्दा पनि १४ बर्षको बच्चाको अवस्था के छ कसैलाई केही थाहा छैन । घटना वालिकाको छ ।
तर यहाँ अन्तरजातीय बिहे भनेर हल्ला फैलाईएको छ । मिडिया या वालिका बेपत्ता बनाइएको छुट्याइदिएको छैन । उनका अनुसार हामीले कहिले र कहाँ अन्तरजातीय भनेर बिभेद गरेका छौं । तपाईहरुले नै अन्तरजातीय बिवाह भनेर बालिकाको मुद्दालाई पनि बिहेको लागी बैधानिक बनाईरहनु भएको छ ।के हामी निमुखाहरुले न्याय नपाउने ? हाम्री गरिव र कम्जोर भएका कारण बलत्कृत हुन पर्ने र बालबिवाहका लागि बाटोबाटै अपहरण हुन पर्ने कहिलेसम्म ? बालिकाको दिदिको प्रश्न ।
त्यस्तै बालिकाकी दिदिले भनिन, पत्रकारहरु आवाज बिहिनहरुको आवाज हो भनेर भनिन्छ । जुम्लामा बालिकाको मुद्दालाई अन्तरजातिय रुप दिएर बैधानिकता मिडियाले गरेको छ । हामी जस्ता निमुखाको बारेमा कहिले बुझ्ने ? तपाईहरुका समाचारले पीडितलाई झन पीडा दिएन त ? एक पटक कम्जोर र गरिवहरुका पीडा पनि बुझि दिन अनुरोध गर्दछौं ।
यसै घटनालाई जोडेर घर जलाईएको आरोपमा मेरो भाई अहिले प्रहरी हिरासतमा छ । यदी उ बाट त्यस्तो कार्य भएको भए कानुन बमोजिको कारवाही होस तर बालिको न्याय मार्नका लागी अन्तरजातिए बिवाहको लेपन पक्कै पनि राम्रो होइन । हामीले कहिले पनि जातिए बिभेदको कुरो गरेका पनि छैनौ कानुनले निषेध गरेको काम हामीबाट हुनपनि हुदैन ।
त्यस्तै अपराध मैले गरे पनि अरुले गरे पनि कानुन बमोजिम सवैलाई कारवाही हुनु पर्छ । एउटा अपराध लुकाउन अरु प्रपन्च रचिएका छन । र हुदै नभएको आरोप लगाएर हल्ला फिजाइएको घटना प्रति हाम्रो ध्यानाकषर्ण भएको छ । १, २ वटा डियामा आबद्ध पत्रकारहरु बाहेक बाकी सबै मिडियामा आबद्ध पत्रकारहरुले पिडित को हो भनेर नछुट्यादा हामी जस्ता निमुखाको पक्षको न्याय ओझेलमा परेको महशुस भएको छ ।
त्यसको उहाहरण हो बिभिन्न राजनीतिक दलका भातृ संगठनहरुले १४ वर्ष सात महिना १३ दिनकी बालिका बेपत्ता तथा बन्धक बनाएको कुरा अन्तरजातीय बिवाहमा परिभाषित गरिएका छन । यसमा यर्थात कुरा नबुझी हामीलाई सम्पर्क समेत नगरी पत्रकारहरुले पनि महत्वका साथ उठाएको पाइन्छ ।
त्यस्तै बालिकाकि आमा जयलक्ष्मी गिरीले यो घटनाले हाम्रो परिवारमा गहिरो चोट पुगेको बताइन । उनले राजनीतिक दलका भातृ संगठनहरुले निकालेको बिज्ञेप्तीमा मेरी छोरीको गोपनीयता भंग भएको छ । उनका अनुसार म बिरामी मान्छेले छोरीलाई कुटपीट गरेर लछारपछार पारेको घटना खेलिरहेका बच्चाहरुले बताएपछि वेहोस भई नदिमा परेकी रहिछु । तर मललाई अन्तरजाति संग बिहे गरेकाले नदिमा हाम फालेकी भनि गलत्त भ्रम फैलाइएको रहिछ । उनले भनिन, यो हल्ला जसले फैलाइएको भएपनि गलत्त नेहेतले फैलाइएको छ ।
त्यस्तै बालिकाका परिवारले यहि १२ गते साँझको समय देखि बेपत्ता बनाइकी बालिका खोजीकार्य गरिदिन हुन प्रहरी प्रशासन लगायत सरोकारवाला सबैलाई पत्रकार भेटघाट मार्फत अनुरोध गरेकी छन ।
गोपनीयता भंग गर्नेलाइ ३ वर्षसम्म कैद र तीसहजार जरिवाना
कुनै पनि व्यक्तिलाई नसोधी उसका व्यक्तिगत कुरा बाहिर ल्याई गोपनीयता भंग गरिदिनेलाई ३ वर्षसम्म कैद र तीसहजार रुपैयाँसम्म जरिवाना हुने प्रस्ताव गरिएको छ।
नेपाल कानुन आयोगले वैयक्तिक गोपनीयता सम्बन्धमा व्यवस्था गर्न बनेको प्रारम्भिक विधेयक मस्यौदामा कसैले अर्काको घर, जग्गा, सवारीसाधन, सम्पत्ति धनीको अनुमतिबिना प्रवेश गरेमा गोपनीयता भंग हुने व्यवस्था गरिएको छ।
व्यक्तिगत गोपनीयता अतिक्रमण भएको कारण कसैलाई कुनै हानी, नोक्सानी, क्षति पुगेमा पीडितलाई क्षतिपूर्ति समेतको व्यवस्था ल्याउन लागिएको हो। संविधानको धारा ३८ मा रहेको मौलिक हक कार्यान्वयन गर्न बनेको मस्यौदा विधेयकमा कसैले कुनै पनि व्यक्तिको गोपनीयता हनन् गरेमा सजायसहितको व्यवस्था गरिएको हो।
४५ दिनभित्र उजुरी गर्नुपर्ने व्यवस्था
कसैले पनि गोपनीयताको हक हनन भएमा ४५ दिनभित्र उजुरी गर्नुपर्ने व्यवस्था मस्यौदामा गरिएको छ। कुनै प्रकारको हानीनोक्सानी वा क्षति पुगेमा पीडित व्यक्तिले हानी नोक्सानी बापतको क्षतिपूर्ति भराई पाउन जिल्ला अदालत समक्ष निवेदन दिने व्यवस्था गरिएको छ । जिल्ला अदालतले पीडितबाट क्षतिपूर्ति भराइदिनुपर्ने उल्लेख छ।