महरा -रोशनी काण्ड :रोशनिले गरीन अर्को डरलाग्दो खुलाखा (बिज्ञप्ती सहीत)

काठमाडौं :महरामाथि दुव्र्यवहारको आरोप लगाएकी रोशनी शाहीलाई प्रहरीले नै ९ घण्टासम्म बन्धक बनाएर मानसिक तथा मनोवैज्ञानिक दवाव दिएर महराविरुद्ध उजुरी दिन वाध्य पारिएको रहस्योदघाटन भएको छ ।
निवर्तमान सभामुखको राजनीतिक जीवन धुलिसात पार्ने उद्देश्यले प्रहरीलाई नै रोशनी शाहीलाई ९ घण्टासम्म बन्धक राखेर मानसिक र मनोवैज्ञानिक दवाव दिन लगाउने शक्तिकेन्द्र को हो ? त्यसको रहस्य अवश्य खुल्दै जाला । यद्यपि, वर्तमान सरकारका विभिन्न निकायका प्रभावशाली भनिने उच्च पदासीनहरुबाटै यस्तो कुकृत्य भएको भने जगजाहेर भएको छ ।
प्रहरीद्वारा ९ घण्टासम्म बन्धक बनाइएर मनोवैज्ञानिक र मानसिक दवावमा परेकी रोशनी शाहीले आजै विज्ञप्ति जारी गरेर उक्त घटनाको रहस्योदघाटन गरेकी हुन् । ‘२०७६÷०६÷१५ गते महानगरीय प्रहरी वृत्त बानेश्वरमा गई सत्यतथ्य बताउँदै असोज १२ गते महरा सर मेरो कोठामा नआएकोले बलात्कार प्रयासको कुरै भएन र महरा सर निर्दोष भएको कुराको सत्यतथ्य उल्लेख गरी निवेदन दर्ता गराएकी थिएँ’, हस्तलिखित रोशनी शाहीको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘तर असोज १७ गते करीव ८.४५ बजे प्रहरी वृत्त बानेश्वरले मलाई सोधपुछका लागि भनेर बोलाई करीव ९ घण्टासम्म बन्धक बनाई मनोवैज्ञानिक तथा मानसिक दवाव दिएर कृष्णबहादुर महराले करणी प्रयास गरेको भनी फेरि निवेदन दर्ता गर्न लगाइएको हो ।’ रोशनीले स्पष्ट शव्दमा सत्यतथ्य कुराको निवेदन १५ गते नै दर्ता गराएको र दशैंका कारण पत्रकार सम्मेलन गर्न सम्भव नभएको उल्लेख गरेकी छन् । शाहीले १९ गते पत्रकार सम्मेलन गरी सत्यतथ्य जानकारी गराउन खोजेको तर प्रहरीकै कडा निगरानीका कारण असफल भएको स्पष्ट पारेकी छन् ।
रोशनी शाहीले आफ्नो स्वास्थ्य अवस्थाको फाइदा उठाउँदै आफू एक्लै भएको बेला जबर्जस्ती कोठामा पसेर अन्तर्वार्ता लिई आफ्नो अनुमतिबिना सामाजिक सञ्जालमा हालेको आरोप पनि लगाएकी छन् । शाहीले आफू र उच्च ओहदाका व्यक्तित्वको बेइञ्जती गर्ने र अनावश्यक घटनालाई जोडी पारिवारिक विखण्डन गराउने अजयबाबु शिवाकोटीलगायतका युट्युबेहरुलाई गालीबेइज्जती र साइबर क्राइमको मुद्दा हाल्ने बताएकी छन् ।
तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूमाथि यौन दुव्र्यवहार गरेको भन्ने रोशनी शाहीको दावीलाई एउटा अनलाइनले असोज १३ गते प्रकाशित गरेको थियो । त्यसको भिडियो पनि सोही अनलाइनको युट्युवबाट सार्वजनिक गरिएको थियो । त्यसको लगत्तै असोज १४ गते नागरिकखबर डटकम र त्यसकै युट्युव च्यानलबाट रोशनीले नै महरा असोज १२ गते आफ्नो कोठामा नआएको र बाबु सरहका महराले आफूमाथि कुनै यौन दुव्र्यवहार नगरेको दावी गरेकी थिइन् । रोशनीले आफूमाथि कुनै यौन दुव्र्यवहार नभएको भन्ने आशयको निवेदन असोज १५ गते महानगरीय प्रहरी वृत्त बानेश्वरमा पनि दर्ता गराएकी थिइन् । रोशनीले असोज १७ गते फेरि दर्ता गराएको निवेदन चाहिँ प्रहरीले नै ९ घण्टा बन्धक बनाएर मनोवैज्ञानिक र मानसिक दवाव दिएर दर्ता गर्न लगाएको रहस्य खुलेको हो । जुन निवेदनमा टेकेर तत्कालीन सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरिएको थियो ।








