सम्माननिय शिक्षामन्त्री ज्यु
नमस्कार
शिक्षा ज्ञान मात्र नभइ देश बिकाशको मेरुदण्ड पनि मानिन्छ ।शिक्षा जिवनन्त चलिरहने प्रक्रिया हो तर मानिस शिक्षित हुनु र शिक्षाबाटै ज्ञानमा अब्बल हुनु फरक कुरा हो । जसरी किसानले खेतिपाती राम्रो उब्जाउ गर्न वारि राम्रो सङ जोत्ने देखि बिउको छनोट , मल र बिषादिको प्रयोग लगायतका कुरामा ध्यान दिय जस्तै हामी शिक्षा जस्तो विषयमा किन गम्भीर छैनौ ।किसानले कुहियको बीउ छर्दा कस्तो फल फल्छ होला ।त्यस्तै हालसालै SEE ग्रेड प्रणाली अनुसार ग्रेड E आउने विद्यार्थीले पनि शिक्षा सन्काय पढ्न पाउने व्यवस्था गर्नु भयछ ।तपाईं हामिलाइ अबगत भयकै कुरा हो । प्राय पढाइमा सबैभन्दा अब्बल विद्यार्थी बिज्ञान सन्काय , पढाइमा मध्ययम स्तरका विद्यार्थी व्यवस्थापन सन्काय अनि पढाइमा कमजोर विद्यार्थी शिक्षा सन्काय अध्ययन गर्ने प्रचलन छ ।बिज्ञान र व्यवस्थापन सन्कायको अध्ययन पछि अध्यापन अनुमती पत्र दिनुहुन्न र बिदेश निर्यात गर्नु हुन्छ र तिनै शिक्षा सन्कायका विद्यार्थीलाई जिम्मा लगाउनु हुन्छ देशका नेता , डाक्टर , पाइलट , इन्जिनियर , पत्रकार , बुद्धिजीवी आदि बनाउने काचो माटो जस्ले जस्तो आकार दियो उस्तै आकारमा परिणाम हुन्छ्न । अनि देशमा कस्तो जनशक्ति तयार गर्छन होला ? किन मन्त्री ज्यु , नेपालमा शिक्षक बन्न कम नम्बर ल्याएर पास गरेको, एउटै कक्षामा पटक पटक फेल भयको हुनुपर्ने ? बिदेशहरुमा सबैभन्दा मेधावी विद्यार्थीको चाहाना भविस्यको शिक्षक बन्ने हुन्छ नेपालमा किन हुन सकेन होला ?हामी विदेशीहरुका धेरै कुरा नक्कल गर्छौ र शिक्षामा किन सक्दैनौ ?छिमेकी देश भारतमै हेर्नुस त , शिक्षक बन्न सबै भन्दा कडा प्रतिसपर्धा गर्नुपर्छ , बिश्वबिद्धालयका टपरहरुलाइ सिधै शिक्षक बनाइन्छ । पारिश्रमिक पनि शिक्षक कै बढी छ ।तर नेपालमा लोकसेवानी पढ्न सकियन ,राम्रो देश नि जान सकियन अब पढाउनुपर्यो भन्न्ने वातावरण शृजना गरिदिनु भयको छ मन्त्री ज्यु ? हाम्रो देशमा पनि प्रतेक बिश्वबिद्धालयका उत्कृष्ट १० लाई सिधै शिक्षक , शिक्षा सन्काय अध्ययन गर्न SEE मा कम्तिमा सबै विषयमा B ग्रेड ल्याएको हुनु पर्ने , निरन्तर शैक्षिक तालिम ,प्रोत्साहनको लागि पारिश्रमिक पनि बढी दिन हामी सक्दैनौ ? अनि सरकारकै मातहतमा भयका सरकारी बिधालय र निजि बिद्यालयको नतिजा तुलना गर्नु भयको छ ।कहि यो सरकारी बिधालयमा अध्यापन अनुमती पत्रको नाममा तिनै E ग्रेडका शिक्षक छनोट गर्ने र निजि बिधालयहरुले खुला प्रतिस्पर्धा बाट ल्याइएका जनशक्तिले गर्दा त हैन । यस्को बारेमा केही सोच्नु भयको छ ? आफ्नो पेसामा अहोरात्र खटिने कर्मठ, रास्ट्रभक्त , आफ्नो जिम्मेवारी पूरा गर्नु हुने शिक्षकहरु प्रती स-सम्मान मन्त्री ज्युसङ अर्को पत्रमा भेट्ने वाचासहित , तपाइजस्तो सम्मानित पदको व्यक्तिलाइ म जाबोले धेरै बोलेको भय यसै पत्रबाट माफी चाहान्छु ।
बामदेब गौतम
हाल दक्षीण कोरीया