बीरेन्द्रनगर ५ र ७ जोड्ने पुल निर्माण कार्य रोकेकोमा स्थानियको आपति

सुर्खेत : सुर्खेतको बीरेन्द्रनगर ५ र ७ जोड्ने खारखोली खोलामा निर्माधिन पुल निर्माण कार्य रोकेको बिरोधमा स्थानियले आपति जनाएका छन।
स्थानिय चेतानन्द कँडेल घर नजिमा रहेको पुल अन्यत्र सार्न लागेको भन्दै स्थानियले विरोध गरेका हुन।
उनिहरुले लागत स्टमेट तयार गरी काम समेत शुरु भर्इरहेको अवस्थामा वीरेन्दनगर नपालीकाले काम रोकेको भन्दै दुख व्यक्त गरेका छन।
स्थानियवासीले बन्न लागेको पुल नरोक्न आग्रह गर्दै आज बीरेन्द्रनगर नगरपालीको ध्यानकर्षण समेत गराएका छन।
स्थानियले उपप्रमुख मोहनमाया ढकाललार टोल भेलाले गरेको निर्णय समेत बुझाँएका छन,
उनिहरुले पुल बन्न लागेको स्थानबाट नै वडा नम्वर ७ देखी ५ हुदै ४ सम्म जोड्ने सिधा बाटो भएको बताएका छन।
उनिहरुले यो सडकले त्यस क्षेत्रका धेरै स्थानियवासीले लाभ लिने भन्दै यही पुललार्इ नै निरन्तता दिन माग गरेका छन।
स्थानियले आजै नगरपालिका संगै वडा नम्बर ५ र ७ मा पनि भेलाको निर्णय प्रतिलिपि बुझाँर्इएका छन।
यस अघि कालिका मन्दिर टोल विकास समितिका अध्यक्ष लिलाराम सुवेदी लगायतका पदाधिकारीले पुल बनिरहेको ठाँउ भन्दा करिव २ सय मिटर माथितिर पुल बनाउनु पर्ने नगरपालिकामा दवाव दिएका थिए।