दसैं टीकाको शुभसाइत बिहान १०:३५ बजे

काठमाडौँ : नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको विजयादशमीको शुभसाइत सार्वजनिक गरेको छ । दसैंको मुख्य दिन असोज २१ गते मंगलबार विजयादशमी पर्व परेको छ । समितिका अध्यक्ष रामचन्द्र गौतमले साइत नै खोजेर दसैंको टीका लगाउनेका लागि विजयादशमीको दिन बिहान १०:३५ बजेको समय उत्तम रहेको जानकारी दिए ।