सुर्खेतबाट ब्राउनसुगर सहित एक भारतिय नागरिक पक्राउ

सुर्खेत :लागु औषध ब्राउन सुगर सहित जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक भारतिय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उत्तर प्रदेश भारत नानपारा जिल्ला बहराईच घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं.–६ खोर्केलाईन स्थित डेरा गरी बस्दै आएका २१ वर्षिय समिर सलमानी भनिने लियाकत अली रहेका छन ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका वडा नं.–६ स्थित रामजानकी मन्दीरको कम्पाउन्ड भित्र रहेको १ तले पक्की भवनको अगाडी पट्टी ब्राण्डामा शंकास्पद तरिकाले उभिरहेको अवस्थामा निजलाई पक्राउ गरेको हो ।
निज भारतियलाई पक्राउ गरि रित पूर्वक शरिर खानतलासि गर्दा निजको साथबाट लुकाई छिपाई अवस्थामा राखिएको १०० मिलिग्राम ब्राउन सुगर फेला पारिएको प्रहरीले जनाएको छ ।
समिर सलमानी भनिनेन्ने लियाकत अलिलाई पहिलो पटक ३ (तिन) दिनको म्याद थप गरि थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।