बास सुर्खेतको पुनर्गठन

सुर्खेत : बागेश्वरी असल शासन क्लब (बास) शाखा सुर्खेतको नयाँ कार्यसमिति चयन गरिएको छ । शुक्रबार वीरेन्द्रनगरमा बसेको शाखाको भेलाले चाँदनी कठायतको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्य समितिको उपाध्यक्षमा जगतदल जनाला विक, सचिवमा मुना हमाल रहेका छन् । भेलाले सह–सचिवमा बसन्त भण्डारी र कोषाध्यक्षमा रमा के.सीलाई चयन गरेको छ । समितिको सदस्यहरुमा कृष्ण आचार्य, धिरेन भण्डारी, मनकला भण्डारी, पुष्पराज पंगाली, युवराज अधिकारी र भिम बहादुर परियार रहेका छन् । भेलाले ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कलेन्द्र सेजुवाल, बास सुर्खेत शाखाका संस्थापक अध्यक्ष त्रिभुवन बि।सी, बासका पूर्व अध्यक्ष दिपक बुढा, पूर्व अध्यक्ष विनोद लम्साल र नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका उपाध्यक्ष माया थापा रहेका छन् । भेलामा बासका कार्यकारी निर्देशक नमस्कार शाह, उपनिर्देशक हेमराज भट्ट लगायत अन्य विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता थियो ।








