काठमाडौं । नेकपा एमालेको घोषणापत्रमा योपटक चुला चुलामा ग्यास पाइप पुगाउने कुरा समावेश गरेको छैन । उक्त कुरा समावेश नगरिनुको कारण अब ग्यास होइन विद्युत पुगाउने अध्यक्ष केपी शर्मा ओलीले प्रष्टीकरण दिएका छन् । घोषणापत्र सार्वजनिक लाइभ डिबेटमा सहभागी भएका ओलीले नाकाबन्दीको समयमा चुलोचुलोमा ग्यास पाइप भनेको उल्लेख गर्दै नाकाबन्दी सकिएसँगै अब त्यो गरिरहनु्नपर्ने बताए ।
उनले भने, ‘नाकाबन्दीको बेलामा किलोमा दाउरा किनबेच गर्दा त्यो गर्ने भनेको हो । ७२ सालमा भनेको हो। त्यो गरिरहनु परेन । अब चुलोचुलोमा विद्युत पुर्याउने काम गर्नुपर्छ । बाहिर चुलोमा ग्यास लाइन जोड्ने कान्छी औंला जस्तो त्यन्द्रो होइन । अमलेखगञ्जसम्म पाइपलानमा ग्यास मेरो पालामा आएको छ ।’
चुच्चे नक्साको विषयमा पनि ओलीले आफ्नो भनाइ राखे । चुच्चे नक्सा भनेर यो विषयमा मजाक गर्न नहुने उल्लेख गर्दै उनले भने, ‘म गुमेको भूमि सहितको नक्सा भन्न चाहान्छु । रमाइलोका लागि गरिएको होइन । नेपाल सरकारले जानिबुझी छापिएको हो । संसदले सर्वसम्मतिले पारित गरेको हो । वास्तविक नक्सा हो नेपालको । यो मजाकको विषय होइन । हामीले संवाद मार्फत टुङ्याउने भनेपछि ग्यारेन्टी भनिरहनु पर्दैन । यसमा थप भनिरहनु पर्दैन ।’