जुम्लामा ज्ञानेन्द्र शाही जिताउ अभियान सूरु

जुम्लामा ज्ञानेन्द्र शाही जिताउ अभियान सूरु भएको छ । उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा लागेका ज्ञानेन्द्र शाहीले एक औपचारीक कार्यक्रम गरी यो अभियान सूरु गरेको बताएका छन । उनले जुम्लाका सबै स्थानीय तहमा चुनावी अभियानका लागी एक फन्को लगाई सकेका छन् । राप्रपाको आयोजनामा थालिएको चुनावी अभियानमा स्थानीयतमा भेटघाट गरिएको शाहीले बताए । उनले एक पटक जिल्लाभर प्रचार गरिएको र आफ्नो जित निश्चित रहेको दावी समेत गरे । जुम्लाबाट राष्टको नेतृत् वगनृका लागी आफ्नो उम्मेदवारी रहेकाले जुम्ली जनता सबैले सहयोग गर्ने बताए । उनले भने कुनै पाटी गत नहेरी जुम्ली जन्ताको लागी बिजय गराउन अनुरोध गरे ।

ज्ञानेन्द्र शाहीको प्रचार अभियान अन्तरगत साउन २८ गते सिंजा गाउँपालिका, २९ गते कनका सुन्दरी गाउँपालिका, ३० गते हिमा गाउँपालिका ३१ गते तिला गाउँपालिका, १ गते तातोपानी गाउँपालिका, २ गते गुठिचौर गाउँपालिका र ३ गते पातारासी गाउँपालिकामा चुनावी प्रचार अभियान कार्यक्रम गरिएको थियो ।

ज्ञानेन्द्र शाही जिताउ अभियानका लागी जुम्ला बजारमा सम्पर्क कार्यालय पनि खोलीएको छ । शाहीले जुम्ला बजारको जुगाँडखोलामा चुनावी अभियानको सम्पर्क कार्यालय खोल्दै एक पटक राष्ट्रमा नेतृत्व गर्ने गरी भोट दिन अनुरोध गरेका छन ।उनले आफुलाई नेपाली कांग्रेसका टिकटका दावेदार आफन्तबाट पनि समर्थन भईरहेको बताए । शाही अहिले राप्रपाको हलो चिन्ह लिएर जुम्लाबाट प्रतिनिधिसभाको उम्मेदवार घोषणा गर्दै मैदानमा छन ।

सम्बन्धित समाचार