मैत्रीपूर्ण भलिबल प्रतियोगिता, प्रदेशसभा सदस्यको जित

सुर्खेत । बाह्रौं गणतन्त्र दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिता प्रदेश शभा सदस्यहरुले जितेका छन् ।
कर्णाली प्रदेश सरकार र प्रदेश सभाका सदस्यबीच भएको मैत्रीपूर्ण खेलमा सरकार हारेको हो । तर ब्याडमिन्टनमा प्रदेश सरकारको टोलीले जीत हासिल गरेको हो ।
जिल्ला खेलकूद विकास समितिको मैदानमा मंगलवार सम्पन्न भलिबलमा प्रदेश सरकारका मन्त्रीहरूको टोलीलाई प्रदेशसभा सदस्यको टोलीले २५र१२, २५र१७ २८ २६ ले पराजित गरेको हो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा मन्त्रीहरू र प्रमख सचेतक गुलाबजंग शाहको नेतृत्वमा प्रदेशसभा सदस्यहरूको टोली भिडेको थियो ।
ब्याडमिन्टनतर्फ मुख्यमन्त्री शाही र सामाजिक विकासमन्त्री दल रावलले तीन सेटमा सभामुख राजबहादुर शाही र प्रदेशसभा सदस्य अम्मरबहादुर थापालाई पराजित गरे । त्यस्तै महिलातर्फ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले विजयी भइन् । उनले उपसभामुख पुष्पा घर्तीमगरलाई सोझै तीन सेटमा पराजित गरिन् ।