जुम्लाका पाँच वडामा समाजवादी विजयी

जुम्ला : जुम्लामा नेकपा एकिकृत समाजवादी पार्टीले ५वटा वडामा निर्वाचित भएको छ ।स्थानीय तहको निर्वाचनमा जुम्लाका ८ ओटा स्थानीय तहका ६० वडा मध्ये पछिल्लो मत परिणाम अनुसार पाँच वडाका वडाध्यक्षमा समाजवादी निर्वाचित भएको हो ।
त्यस्तै चन्दननाथ नगरपालिका – ७ वडामा समाजवादीका गणेश महत वडाध्यक्षमा निर्वाचित भएका छन् । वडाध्यक्षमा निर्वाचित महतले २७९ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रत्यासी एमालेका कमल बहादुर महतले २३९ मत प्राप्त गरी पराजित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक अधिकृत तोयानाथ उपाध्यायले बताए ।

यस्तै हिमा गाउँपालिका –२ वडाको वडाध्यक्षमा समाजवादी पार्टीका हरिबहादुर रोकाया निर्वाचित भएका छन् । उनले १६६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रत्यासी माओवादीका जयबहादुर रोकायाले १११ मत प्राप्त गरी पराजय भोगेका हुन् ।
सोही गाउँपालिका –७ वडाको वडाअध्यक्षमा समाजवादीका विक्रम बहादुर शाही निर्वाचित भएका छन् । उनले २६० मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रत्यासी माओवादीका विरजित रोकायाले १८० मत प्राप्त गरी पराजित भएका छन् ।

कनकासुन्दरी गाउँपालिका –७ को वडाध्यक्षमा समाजवादीका तेजबहादुर जिसी निर्वाचित भएका छन् । उनले २८८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी एमालेका अजबहादुर रोकाय १८० मत प्राप्त गरी पराजित भएका हुन् ।
यस्तै गुठीचौर गाउँपालिका –२ को वडाध्यक्षमा समाजवादीका दिपबहादुर रोकाया निर्वाचित भएका छन् । उनले ३२५ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी काँग्रेसका उजिलो बुढाले ३१३ मत प्राप्त गरी पराजित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

सम्बन्धित समाचार