काग्रेस प्रदेशसभापति ललितजंग शाहीको गड भत्काउदै ,चन्दननाथ ५मा माओवादी केन्द्र बिजयी

जुम्ला : काग्रेस कर्णाली प्रदेशसभापति ललितजंग शाहीको गड माओबादी केन्द्रले भत्काएको छ । चन्दननाथ नगरपालिकाको काग्रेसको गडमानिएको वडा नम्बर ५ मा माअोवादी केन्द्रले बिजय हात पारेको हो ।
लामो समय देखी नेपाली कांग्रेसले जित्दै आएको र कांग्रेसका प्रदेश सभापति ललितजंग शाही, यसअघि प्रदेश जलस्रोत मन्त्री दिनवन्धु श्रेष्ठको वडामा माओवादीले नेतृत्व हात पारेपछि नेपाली काँग्रेसको गड भत्किएको छ ।
जुम्ला सदरमुकामको मुटुमा रहेको वडा नम्बर ५ मा नेकपा माओवादीका वडाध्यक्ष बिर्ख कार्की वडाध्यक्ष पदमा बिजयी भएका छन् ।नवनिर्वाचित वडाध्यक्ष कार्कीले १सय ६८ मत प्राप्त गरेका छन् । उनका प्रत्यासी स्वतन्त्र उम्मेदवार पुर्ण प्रसाद श्रेष्ठ १४९ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेस पाटीबाट उम्मेदवार, नवराज श्रेष्ठले १सय ४३ मत प्रप्त गरेका छन ।
त्यस्तै वडासदस्यमा माओवादीका लक्ष्मी थापा (श्रेष्ठ) बिजय भएकी छन् ।श्रेष्ठले १५६ मत प्राप्त गरेकी छन् ।यसैगरी स्वतन्त्र उम्मेदवार हरिबहादुर भण्डारी सदस्यले १८८, नेपाली कांग्रेसका नामग्याल तामाङ र दलित महिला सदस्यमा समाजवादीका काली सुनार बिजयी भएका छन् । नामग्यालले १७३ मत र काली सुनारले १६७ मतले अघि रहेको छ ।
सदरमुकामको मुटुका रहेको सो वडामा सवै दलको आखा गड्छ तर यस पटक माओवादीले किल्ला भत्काएको छ । माओवादीका यूवानेता मनोजबुढा थोकी, केन्द्रीय सल्लाहकार डाक्टर कलबहादुर रोकायाले नेतृत्व गरिरहेको सो वडामा माओवादीको हमला बढ्दो क्रममा रहेको छ ।
त्यस्तै २०७४ सालको निर्वाचनमा नेपाली काग्रेसले समर्थन गरेका सो वडा वडाध्यक्ष गोल्डेन कठायतले जित हात पार्नुभएको थियो । यस पटक भने माओवादीले हात पारेको छ । माओवादीका वडा नम्बर ३ मा रतन खत्री बिजयी भएका छन् । चन्दननाथ नगरपालिकाको ५ वडा नम्बर परिणाम सकिदा वडा नम्बर १,२ र ४ वडामा नेपाली कांग्रेसले बिजय हात पारेको छ । भने ३ र ५ माओवादीले तिजहात पारेको छ ।







