जुम्लाका पत्रकारलाई मतगणना स्थलको सूचना सहज बनाउन मुख्य निर्वाचन अधिकृत सँग छलफल

जुम्ला ः जुम्लामा कार्यरत्त पत्रकारलाई मतगणना स्थलको रिर्पोटिङलाई बनाउन सहज छलफल गरिएको छ । यहि बेशाखा स्थानीय तहको निर्वाचनको सूचना छिटोछरितो बनाउनका लागी मुख्य निर्वाचन अधिकृत संग छलफल गरिएको हो ।
कार्यालय तथा जिल्लाका सवै तहका निर्वाचन अधिकृतको कार्यालयबाट मतगणनको समयमा सूचना सजिलै सम्प्रेषण गर्न पत्रकारहरुको प्रवेश सजिलो बनाउने, आधिकारिक सूचना लगायतका बिषयमा छलफल भएको छ ।

त्यस्तै मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंहको अध्यक्षतामा बुधबार पत्रकारहरु सँग बसेको बैठकमा मतगणना अवधिमा छिटो छरितो र विश्वसनीय सूचनाका आदन प्रदानका लागी छलफल गरि निर्णय भएको छ ।उक्त निर्णयमा भनिएको छ, मत गणनाको समय सहज रुपमा सूचना प्रवाहका लागि मुख्य निर्वाचनको अधिकृतको कार्यालय र माताहतका सवै निर्वाचन अधिकृतको कार्यालयमा पत्रकारहरुलाई परिचयपत्रका आधारमा सूचना प्रदान गरिने निर्णय गरिएको छ ।

जुम्लामा एक नगरपालिका सहित आठवटा स्थानीय तह छन्, त्यहा उपस्थित हुने पत्रकारहरुले समन्वय गरी सूचना प्रवाह गर्न सकिने छ । छलफलमा मुख्य निर्वाचन अधिकृत सिंहले पत्रकारलाई सूचना दिन नागरिकलाई सूचना दिने भएकाले सूचना सजिलो बनाईने छ ।निर्वाचन अवधिभर सूचनामा सवै स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा रोक हुने छैन ।

त्यस्तै नेपाल पत्रकार महासंघ जुम्ला शाखाका अध्यक्ष नेत्रबहादुर शाहीले सूचना छिटो र विश्वसनीय आवश्यक भएकाले सुचना प्रभाहालाई सहज बनाउनका लागी वैठक राखिएको बताए ।उनले भने अघिल्लो निर्वाचनमा टेलिफोन समेत लाग्न नसक्ने धेरै स्थान थिए । तर अहिले ईन्टरनेटको पहुँच भएकाले विश्वासिलो संजाल समेत निर्माण गरिनुपर्ने बताए ।

 

सम्बन्धित समाचार