हिमा गाउँपालिकामा टेलिफोन सेवा संञ्चालन

जुम्ला ः हिमा गाउँपालिकामा टेलिफोन सेवा सुचारु भएको छ । करिब १० दिन अघिबाट टेलिफोन विहिन भएका हिमा गाउँपालिकामा टेलिफोन सुचारु भएको नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले बताए ।उनले भने, हिमा रहेको टेलिफोन टावरको हर्न भन्ने सामग्री क्षेति भएपछि काठमाण्डौबाट सामग्री ल्याई जोडिएको छ ।

प्रमुख श्रेष्ठका अनुसार अहिले त्यहाँ क्षमता बढाईएको छ । देखी प्रभावकारी रुपमा टेलिफोन लागेको छ । एक पटकमा त्यस क्षेत्रमा ८० जनाले चलाउने क्षमता थियो भने अब दोब्बर भएको छ ।

त्यस्तै हिमा गाउँपालिका निर्वाचन अधिकृत रितु राईका अनुसार टेलिफोन आएपछि काममा सजिलो भएको छ । उनले टेलिफोन विहिन हुदा निर्वाचनकै नजिक कसरी काम गर्ने डर थियो । टेलिफोन सेवा लामो समय नबन्दा निर्वाचनमा कठिन हुने भन्दै निर्वाचन आयोगलाई समेत पत्र तयार गरेका थियो ।