उद्योगका लागि जग्गा उपलब्ध गराउन मन्त्री यादवको आग्रह

सुर्खेत । उद्योग स्थापना गर्न कर्णाली प्रदेश सरकारलाई जग्गा उपलव्ध गराउन उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री मात्रिका यादवले आग्रह गरेका छन् ।
लघु औद्योगिक ग्राम हस्तान्तरण गर्न सुर्खेत पुग्नु भएका मन्त्री यादवले प्रदेश र स्थानीय सरकारले जग्गा दिएमा विकासका लागि बाह्य लगानी केन्द्रले भित्र्याउने बताएका हुन् ।
नेपालमा ठूला उद्योगको विकास गर्न जग्गाको अभाव समेत भएको मन्त्री यादवले जानकारी दिए ।
भौतिक पूर्वाधारविना उद्योगको विकास गर्न नसकिने भन्दै मन्त्री यादवले संरचना निर्माण गर्न प्रदेश र स्थानीय सरकारलाई जग्गा खोज्न आग्रह गरे ।
लगानी सम्मेलनले नेपालमा विदेशी पूँजी भित्रने क्रम ह्वात्तै बढेको पनि उहाँले उल्लेख गरे ।
वीरेन्द्रनगरको घरेलु तथा साना उद्योग विकास समिति परिसरमा निर्माण भइरहेको लघु औद्योगिक ग्रामको पत्र मन्त्री यादवले कर्णाली प्रदेशको उद्योग, वन वातावरण तथा पर्यटन मन्त्री नन्दसिंह बुढालाई हस्तान्तरण गरेका थिए ।
सो ग्राम यसअघि केन्द्र सरकार मातहत रहेको थियो ।
वीरेन्द्रनगरमा निर्माण भइरहेको औद्योगिक ग्राम १५ करोड लागतमा निर्माण भइरहेको छ ।