डोल्पाका नांगा डाँडापाखामा पाँच वर्षभित्र हरियाली- मन्त्री केसि

डोल्पा । कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले पाँच वर्ष्भित्रै डोल्पाका सम्पूर्ण नांगा डाँडापाखा फलफूलले हरियाली बनाउने बताएकी छन् ।
उनले डोल्पामा फलफूल र पशुपालनको प्रचुर सम्भावना भएको बताउँदै जताततै देखिने नांगा डाँडापाखामा स्थानीय सरकार र सरोकारवाला निकायसँग समन्वय गरेर स्याउ, ओखर, कागती लगायतका फलफूल रोप्दै पाँच वर्ष्भित्रै हरियाली बनाउने योजना रहेको उनले बताइन् ।
सदरमुकाम दुनैमा आयोजना गरिएको कृषि योजना तर्जुमा गोष्ठीमा सहभागिता जनाउन डोल्पा पुगेकी मन्त्री केसीले त्रिपुराकोटमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएकी हुन् ।
बजार अभावमा उत्पादन त्यत्तिकै खेर गइरहेको गुनासो आइरहेको अवस्थामा बजारको ग्यारेन्टी गर्ने आगामी नीति तथा कार्यक्रममा रहेको उनले बताइन् । स्थानीय स्तरमा उत्पादित कृषि उपजको न्यूनतम मूल्य तोक्ने र उक्त मूल्यमा उपज बिक्रि नभए सरकार आफैँले क्षतिपूर्ति दिने किसिमको कार्यक्रम ल्याउने उनले बताइन् ।
फलफूलको सम्भावनासँगै पशुपालनको सम्भावना पनि उत्तिकै भएकाले चौरी, भेडा, च्यांग्राको व्यावसायिक पालनका लागि सहयोग गर्ने पनि उनले बताइन् । त्यसैगरी, फाँटिलो जमिन भएको त्रिपुराकोट, खदाङलगायतका क्षेत्रहरूमा तरकारी खेतीको समेत राम्रो सम्भावना भएको उनको भनाइ छ ।
पहिलो पटक डोल्पा पुगेकी मन्त्री केसीले त्रिपुरासुन्दरी मन्दिरको दर्शन गरिसकेपछि सदरमुकाम दुनैमा आयोजित योजना तर्जुमा गोष्ठीमा सहभागि भएकी थिइन । डोल्पामा भूगोल सुहाउँदो खेतीपाती, पशुपालन, बजेट विनियोजन र योजना तर्जुमाका लागि सम्बन्धित स्थानीय तहका प्रमुख, उपप्रमुख, कृषि हेर्ने जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत लगायतका सरोकारवाला निकायसँग छलफलसँगै सुझाव संकलनका लागि मन्त्री केसी डोल्पा पुगेकी हुन् ।
छलफलका क्रममा जनप्रतिनिधिले डोल्पा भौगोलिक रूपमा विकट र फरका प्रकारको कृषि तथा पशुपालनको सम्भावना रहेको जिल्ला भएकाले अन्य जिल्ला जस्तै नसोचेर एउटै किसिमको नीति कार्यक्रम र बजेट विनियोजन गर्न नहुने सुझाव दिएका थिए ।
यहाँबाट लिएको सामूहिक सुझावले आगामि नीति तथा कार्यक्रम तय गर्दा कृषिसम्बन्धी प्रभावकारी कार्यक्रम ल्याउन सघाउ पुग्ने मन्त्री केसीको भनाइ छ । मन्त्रीसँगै गृह जिल्ला पुगेका सांसद वीरबहादुर शाहीले डोल्पाका आठवटै स्थानीय तहमा पकेट क्षेत्र पहिचाहान गरि फलफूल खेतीकागर्नका लागि प्रदेश सरकारसँग पहल गर्ने बताए। धान रोप्न हिलोमा मन्त्री केसीले त्रिपुरासुन्दरी मन्दिरमा दर्शन गरेर फर्कने क्रममा बाटोमा धान रोप्दै गरेको देखेपछि एक अवसरको रुपमा लिँदै रोपार्नीहरूसँगै धान रोप्न खेतमा पसेकी थिइन् ।
उनले सो क्रमममा लोपुन्मुख रैथाने बालीको संरक्षण गर्न परम्परागत खेतीको पनि उत्तिकै महत्त्व रहेको बताइन्। कृषि मन्त्री नै एकास्सी धान रोप्न हिलोमा पसेपछि स्थानीय महिला अचम्मित भएका थिए ।
शहीद परीवारसँग भेटघाट मन्त्री केसीले शहीद नन्दप्रसाद न्यौपानेका परिवासँग भेटघाटसमेत गरिन् ।
त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोटमा बस्दै आएका न्यौपानेका बुवा, आमा र भाइलाई भेटघाटगर्दै शहीदको सपना पूरा गर्न गर्नुपर्ने कामको विषयमा सुझावसमेत लिएकी थिइन् । थाहाखबरवाट