सुर्खेतका आचार्य हत्या अभियोगमा तीनजना पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–१ का व्यवसायी चन्द्रप्रसाद आचार्यको हत्या अभियोगमा प्रहरीले तीनजना लाई पक्राउ गरेको छ । आचार्य को हत्या भएको तीन महिनापछि आरोपितलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बुद्धपथ नजिकै होटल संचालन गर्दै आएका कृष्ण बिष्ट, उनका श्रीमति चन्द्रकला बिष्ट र छोरी बिन्दु बिष्ट रहेका छन ।
घटनाको विषयमा कर्णाली प्रदेशका प्रहरि प्रमुख महेश विक्रम शाहले गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताए । “हत्या किन र के कारणले भएको खुल्न नसके पनि थप अनुसन्धान अघि बढाइएको छ” उनले भने ।
“जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रदिप बहादुर क्षेत्री को नेतृत्वमा ९ जनाको अनुसन्धान समिति बनेको थियो”, डिआइजी शाहले भने, “टोलीमा प्राविधिक सहयोगका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगायत अन्य प्रहरी कर्मचारी पनि हुनुहुन्छ ।”
घटनास्थलको अवस्था, बुझिएका मानिसहरुको भनाई परिस्थिती जन्य प्रमाण र सिसिटिभी फुटेज र बैज्ञानिक पोलिग्राफ बाट पनि अनुसन्धान गर्दा उनिहरुले नै घटना घटाएको डिआइजी शाहले बताए ।
वीरेन्द्रनगरको जुम्ला रोडमा चिया पसल सञ्चालन गर्दै आएका आचार्यको १८ फागुनमा शव भेटिएको थियो ।