सेनाको हेलिकप्टरमा मुगुका एक शिशुको जन्म

जुम्ला ः सेनाको हेलिकप्टरमा मुगुका एक नवजात शिशुको जन्म भएको छ । नेपाली सेनाले गर्भवतिको उद्धार गरेर लिने क्रममा हेलिकोप्टर भित्रै शिशुको जन्म भएको हो । कर्णाली लगायत दुर्गम क्षेत्रका धेरै गर्भवती महिलाको सुत्केरी हुने क्रममा अकालमै मृत्यु हुने गरेको थियो ।

त्यस लगतै सरकारले नै राष्टपती महिला उत्थान कार्यक्रम मार्फत दुर्गमका सुतकेरीलाई उद्धार गर्ने कार्यबिधि बनेको छ । जसमार्फत मंगलबार मुगुबाट सुर्खेत लिदै गरेकी एक गर्भवती महिलाले हेलिकप्टर भित्रै शिशुको जन्म दिएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका मेजर बिलिना मल्लका अनुसार मुगु जिल्ला खत्याड गाउँपालिका ४ निवासी २० बिर्षिया गर्भवति धनलक्ष्मी रावलले हेरिकोप्टरमै बच्चा जन्माएकी हुन ।
सेना दिवसको अवसरमा पश्चिम हवाई वेसक्याम्प सुर्खेत नेपाली सेनाका पाईलट रत्नचन्द्र श्रेष्ठले उद्धार गरेका हुन । हेलिकोप्टरमै बच्चा जन्माएकी ति आमा र शिशुलाई प्रदेश अस्पतालमा पुरयाईएको छ । सेना दिवसको अवसरमा त्यो मानवीय उद्धार नमूनाको सेवा भएको नेपाली सेनाले जनाएको छ ।