महिलालाई आत्मा निर्भर बनाउदै वडा सरकार

जुम्ला ः जुम्लाको तातोपानी गाउँपालिका ६ की सिता कामी यतिवेला होजियारी सीप सिक्नमै ब्यस्त छिन । उनी बिहान उठे देखि बेलुकीको समयमा स्वीटर,हाइनेक मोपलहर जस्ता कपडा बुन्नमै अधिकांस समय बिताउँछिन । उनले महिला,बालबालिका,पुरुषका लागी चाहिने कपडा बन्न थालेकी छन ।उनले भनिन,“वेरोजगार महिलालाई गाउँमै रोजगारीको सिर्जना गर्नका लागी तातोपानी गाउँपालिका ६ वडाले महिलालाइ आत्मा निर्भर बनाउनका लागी ६ महिने होजियारी सीप दिएपछि अहिले निकै राम्रो भएको छ ।

त्यस्तै सोही ठाउमा हातेहोजियारी सिप सिक्दै गरेकी तिलनदेवी कामी पनीले भनिन् बुनेका कपडा किनेर लगाएका हामी अहिले आफै कपडा बुनेर लगाउने भइसकेका छौँ । आगामी दिनमा होजियारी सीपका माध्यमबाट आर्थिक समृद्धिको यात्रा तय गर्ने लक्ष्य छ । ’
उनलेभनिन्,“अहिलेस्वीटर,हाइनेक,टोपी,मफ्लर,मोजा सम्म बनाउँछौँ । उनले भनिन्,‘सिक्दैछौँ सिक्छौँ । तर घरमै बसेर भएपनि कमाउने बाटो पहिल्याउदैछौँ । यहीबाट यहाँका महिलाको लागि निकै अनुकुल हुनेछ । त्यस्तै’हियाखोलाकै पार्वती कामीले सात कक्ष पढ्दै स्कुल छोडेको बताइन । उनले भनिन्,“पढाइ लेखाइ नभएपछि घरको काम गरेरै समयम बिताएको थिए ।अहिले राम्रो संग काम सिक्न पाए । उनले भनिन्,‘अहिले परम्परागत घरायसी काममा लुडिबुडि गर्नुको विकल्प छैन ।
अहिले उनी विभिन्न कपडा बुन्ने कार्यमा अग्रसर छिन । तीन महिना सिक्यौँ । अब तीन महिना सम्म सिक्दैछौँ । होजियारीका माध्यमबाट कसरी रुपैयाँ कमाउन सकिन्छ भन्ने बारेमा विकल्प खोज्दैछौँ । उनले भनिन्,‘हाम्रो लागि उपयुक्त काम भनेको यही नै हो जस्तो लाग्छ । ’
तिलनदेबी , सिता कामी र पार्वाती कामी उदाहरण मात्र हुन । उनी जस्तै गाउँकी सात जना महिलाले होजियारी सीप सिक्दै आएका छन । पहिलो तीन महिनामा सादा र विभिन्न डिजाइनका कपडा बुन्न सिक्यौँ,उनले भनिन्,‘अब मेसिन मर्मतको काम देखि अन्य डिजाइनका कपडा बुन्न सिक्दछौँ ।’अहिले उनीहरु पाउ देखि शिर सम्मको सबै कपडा बुन्न सक्ने भइसकेका छन ।

यहाँ बुनेको कपडा निकै सस्तो र गुणस्तरीय हुने स्थानीय बताउँछन । मोजा देखि टोपी सम्मको सबै कपडा बुन्न सक्ने भइसकेका छन । त्यहाका स्थानीय गोठे कामीले भने,‘घरभाडा र कालिगढ भाडा नतिर्नु पर्ने भएकोले घरको ढिडो खाएर गाउँमै बसेर कपडा बुन्न सकिने अवस्था रहेको बताए ।
बेरोजगार रोजगारी बनाउने लक्ष्य

तातोपानी गाउपालिकाको ६ वडा कार्यालयले गाउँमै बेरोजगार र अशिक्षित महिलालाई केन्द्रमा राखेर होजियारी सीप दिन थालेको छ । वडासरकारले गरेको यो कामले गाउँका बेरोजगार नागरिक प्रति सरकार कति जिम्मेवार छ भन्ने प्रमाणित गरेको त्यहाका स्थानीयले बताएका छन ।
त्यस्तै यहाँका महिलाले विहान ६ देखि १० बजे सम्म र बेलुकी ६ देखि १० बजे सम्म होजियारी सीप लिइरहेका छन । दिउँसो बिजुली बत्तिको व्यवस्था हुन नसकेकोले घरायसी काममा व्यस्त छन । गाउँले बेरोजगार छौँ । यो कामले निकै राम्रो गरेको छ ।
अब गाउँमा एक उद्योग दर्ता गरेर व्यवसायीक रुपमा अघि बढ्ने लक्ष्य रहेको तातोपानी ६ का वडाध्यक्ष विशाल खड्काले बताए । वडाध्यक्ष विशाल खड्का होजियारी उद्योगले मात्र यहाँका महिलाको आयआर्जनमा सहयोग पुग्ने छ ।
अहिले सम्म यहाँ नागरिक सरकारी कर्मचारी हुन सकेका छैनन । यो वडाको सबैभन्दा दुर्गम गाउँ भनेको हियाखोला हो । उनले भने,‘अब यो गाउँलाई रोजगारी सिर्जना गर्ने गाउँका रुपमा स्थापित गर्ने लक्ष्य राखेका छौँ । होजियारी उद्योगका माध्यमबाट मात्र यो संभव छ । ’यो वडा कार्यालयले यहाँका बेरोजगारीलाई रोजगारी दिनको लागि विभिन्न विकल्प अवलम्वन गरेको छ ।
वडाध्यक्ष खड्काले भने,‘पहिलो चरणमा यहाँका महिलाले होजियारी सिक्दैछन । सीप सिकेर कपडा तयार गर्ने अवस्था भएको खण्डमा बजारीकरणको व्यवस्थापनका लागि लाग्ने छौँ । यहाँ उत्पादित कपडा देश विदेशमा जाने वातावरण सिर्जना हुनेछ ।’
होजियारी तालिमका १५ लाख रुपैयाँ बिनियोजन
त्यस्तै तातोपानी गाउपालिकाले होजियारी तालिमका लागि गाउँपालिकाले १५ लाख रुपैयाँ बिनियोजन गरेकोे छ । यो कार्य सामान्य लागतमा हुने देखिएन । वडाध्यक्ष खड्काले थपे,‘होजियारी उद्योगको यहाँ आवश्यक ठान्यौँ । अहिले सामान्य संस्थाको भवनमा सीप प्रदान भइरहेको छ । यसका लागि प्याकेजिङ र सिलाई गर्ने ठाउँ फरक चाहिने रहेछ । अब उद्योगको भौतिक संरचना निर्माणमा जोड दिनेछौँ ।’उनले हियाखोलालाई होजियारी उद्योगको रुपमा विकसित गर्ने तयारी भइरहेको बताए ।

होजियारी उद्योगले आत्मनिर्भर गाउँ बनाउने लक्ष्य राखिएको छ ।प्रशिक्षक रामप्रसाद छत्कुलीले जुम्लाका महिलाले यो सिप निकै सिक्ने प्रयास गरेको बताए । उनले भने,‘तीन महिनामा यहाँका महिलाले धेरै सिकेका छन । अब तीन महिनामा धेरै सिक्ने छन । यहाँ उत्पादित कपडाको माग पनि उच्च हुनेछ ।धादिङबाट सीप सिकाउन आएका छत्कुलीले यहाँ होजियारी उद्योगको संभावना निकै राम्रो देखिएको बताए ।उनले भने,‘यहाँको हावापानी अनुकुलको कपडा तयारी हुनेछ । चिसो समयमा लगाउने र गर्मी समयमा लगाउने प्रकृतिका कपडा उत्पादन हुनेछन ।