खेतियोग्य जमिन मास्दै घर बनाउदै

जुम्ला ः जब कर्णाली राजमार्गको ट्रयाक खुल्यो। तेतिबेला खेदिनै जुम्लाको खेतियोग्य जमिन मासिदै आएको छ । मार्सिधान खेती गर्ने जिउलोमा ठुलठुला घर बनेका छन । धन फल्ने जिउलोमा अहिले न्युनतम एक तलाको देखि पाँच तला सम्मका पक्की घर बनेका छन्। चन्दननाथ नगरपालिका वडा नम्बर ७ का तारा थापा राजमार्ग सञ्चालनमा आएसंगै सहरीकरणका नाममा खेतियोग्य जमिन मासिँदै गएको बताइन । उनले आफ्नो मात्रै ५ मुरी खेती गर्ने जमिन बेचेको बताइन ्।
वरिपरीका छिमेकीले जग्गा बेचेर पैसा कमाउन थालेपछि बाध्य भएर जमिन बेचेको थापाले बताइन । उनले भनिन्,‘आयतित खाद्यन्न सहजै रुपमा पुग्न थालेपछि खेतियोग्य जमिन बेच्ने क्रम बढ्यो। अहिले रैथाने अन्नवाली बचाउँन कठिन छ।’ पहिलेको खेतियोग्य जमिनमा अहिले बसपार्क, ग्यारेज,र ट्राईल सेन्टर बनेका छन्।

जुम्ला सडक सञ्जालको सहज पहुँचमा पुगेपछि कृषि उत्पादनवाट सोचे जस्तो उपलब्धि हाँसिल हुन नसकेको किसानहरुले बताएका छन ।धमाधम खेतियोग्य जमिनमा पक्की भवन निर्माण हुन थालेपछि उत्पादनमा ह्रास आएको कृर्षि बिकास कार्यालय जुम्लाले बताएको छ । एक त खेतियोग्य जमिन नै छैन। अर्को भएको जमिनमा पनि जाँगर लगाएर खेतिपाती गरिदैँन। स्थानीय ओमबहादुर थापाले भने,‘यहाँ अन्नवालीको उत्पादनमा गिरावट आएको छ। आयतित खाद्यन्नमा निर्भर देखिन्छ।’ जुम्लामा २०६३ सालको चैत ३० गते कर्णालीराजमार्गको ट्रयाक खुल्य पछि जग्गाको मुल्य आकासियो  । जुम्लाको लाइजीउँलोमा एक दशक अघिसम्म धान, जौँ र समय अनुसारको अन्नवाली लहलाउँथ्यो। अन्नवालीले यो जीउलो निकै हरियाली हुन्थ्यो।

लाग्थ्यो,‘यो अन्नवालीका लागि उर्वर भुमि हो।’ यहाँको उत्पादनले १२ महिना सम्म खान पुग्थ्यो। गाडी नपुगेकोले यहाँका स्थानीय रैथाने खाद्यन्नमा आत्मनिर्भर थिए। ‘आयतित खाद्यन्न सहजै रुपमा पुग्न थालेपछि खेतियोग्य जमिन बेच्ने क्रम बढ्ेको छ । अहिले रैथाने अन्नवाली बचाउँन कठिन छ।’ पहिलेको खेतियोग्य जमिनमा अहिले बसपार्क, ग्यारेज,र ट्राईल सेन्टर बनेका छन्।
खेती गरेर उत्पादित कृषि जन्य वस्तुको भन्दा बढी पैसा जग्गा बेच्दा कमाउन थालेपछि किसानले धमाधम जग्गा बेच्न थालेका छन । खेतियोग्य जमिन घडेरी बनाउँनको लागि बेच्न थाले। फलस्वरुप अहिले स्थानीय उत्पादनमा जुम्ला अघि बढ्न सकेको छैन। कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लाको खेतीयोग्य जमिनको आधाभन्दा बढी जमिनमा घर, उद्योग र कलकारखाना बनेका छन्। सडक पुगेपछि जिल्लाको विकासमा सहजतामा आएपनि कृषि योग्य जमिन मासिँदै जान थालेको हो ।
स्थानीय किसान जगबहादुर बुढाका अनुसार आधुनिक खेति प्रर्णालीको विकास हुन सकेको छैन, परम्परागत कृषि पेशालाई राम्रोसंग अंगालेको पाइदैन्,। बुढाले भने,‘किसानले खेतियोग्य जमिन बेच्नु बाहेकको विकल्प छैन।’ जुम्लामा ६७ प्रतिशत पहाडी भु–भाग छ। करिब एक चौथाइ खेती गर्न मिल्ने जग्गा पनि छ। १० वर्ष यताको तथ्यांक हेर्ने हो भने आधा भन्दा बढि जमिन घटिसकेको छ। कारण हो ‘खेतलाई घडेरी बनाउनेहरुको होड चलेको छ ।

यस अघि बुढापाकाले खेतिपातीको काम गर्दै आइरहेको भएपनि युवाहरु पढाई, लेखाई र अन्य व्यापार व्यवसायमा संलग्न देखिन्छन्। कतिपय त यहाँको खेति गर्ने प्रचलनलाई दिक्दारी मान्दै विदेश तिर जान थालेका छन्। पहिले सबै जना कृषि पेशा अंगाल्थ्ये, उत्पादन पनि वर्ष भरी खानेगरी मिल्थ्यो तर अहिले ६ महिना पनि उव्जेको उत्पादनले धान्दैन। सिंगो जिल्ला आयतित खाद्यन्नमा निर्भर छ।

यो समग्र कर्णाली क्षेत्रका लागि दुःखद पक्ष हो।’त्यस्तै चन्दननाथ नगरपालिका बोहोरागाउँकी विष्णुमाया देवकोटाको खेतमा धान, जौ, मकै, कोदो फल्थ्यो। भान्सामा खेतबारीकै दाल र भात पाक्थ्यो। तर अहिले तराईबाट आयतित दैनिक उपभोग्य वस्तुको भरमै गुजारा चलेको छ। छोराछोरी पढ्न सहर पसे। खेति गर्दिने जनशक्ति नै भएन।

चन्दननाथ नगरपालिका वडा नम्बर ८ का भैरव कर्णाली राजमार्गमा गाडी गुडे संगै सदरमुकाम खलंगामा व्यापारमा संलग्न छन्।कर्णाली राजमार्ग सञ्चालन भएसंगै दुरदराजका धेरै मान्छे बजार प्रवेश गरेका छन । कसैले व्यापार व्यवासाय गरेका छन् त कसैले घर घडेरी किनेर यतै बसाईसराई गरेका छन । जसका कारण सदरमुकाम नजिकका खेतमा विल्डिङ्ग ठडिए, गाउँका जग्गा बाँझै छन्। जुम्ला अहिले किनुवा खाद्यन्न भरमा यहाँको जनजीवन चलेको छ।