हिउँमा फसेका नागरिकको सकुशल घर फर्किए

जुम्ला ःजुम्ला तातोपानी गाउँपलिका ८ का ३४ जना नागरिकलाई पाँच दिनपछि सकुशल घर फर्किएका छन । हिउँमा फसेका सबै नागरिक जिल्ला प्रशासन कार्यालय,तातोपानी गाउँपालिका र स्थानीयहरुको समन्वयमा नागरिकलाई सकुशल घर ल्याएका हुन । .यहि माघ २१ गते भएको भारी हिमपातका कारण गाग्रा पाटनमा सेतो चिनी (खिरौला) संकलन गर्न गएका तातोपानी ८ टोप्लाका ३४ जना नागरिक घर फर्किन नसकेर हिउँमा फसेका थिए ।

प्रशासनको पहल,तातोपानी गाउँपालिकाको समन्वय तथा मुख्यमन्त्री र कानुन मन्त्रालयको सहयोगमा हिउँमा फसेका नागरिकको राहत उद्दारका लागि हेलिकप्टर पठाइएको थियो । बाक्लो हिउँ जमेकोले हेलिकप्टर अवतरण हुन नसकेपछि झण्डै २ क्वीइन्टल खाद्यन्न राहत फालेर उद्दार टोली फर्किएको थियो ।

त्यस्तै मंगलबार सुरक्षा निकाय,प्रशासन,तातोपानी गाउँपालिकाको समन्वयमा हिउँमा फसेका नागरिक सहित पाटनमा रहेका सयौ भेडाको समेत सकुशल उद्दार गरिएको प्रशासनले एक विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले हिउँमा फसेका नागरिक र उनिहरुका भेडा सहित कसुशल फर्काइएको छ । उनका अनुसार जम्मा फसेका ३६ जना मध्य २ जना नागरिक २२ गतेनै घर फर्किसकेका थिए ।
सेतो चिनी जडिबुटि संकलनका क्रममा बाक्लो हिउँ जमेर नागरिक फसेपछि प्रदेश सरकार र देखि प्रहरी प्रशासन र तातोपानीले सक्रियता पुर्वक नागरिकको राहत र उद्दारमा जुटेको थियो ।

तातोपानी गाउँपालिका ८ को गाग्रो पाटनको एडि ओढार,खोटी सल्ला ओढार र गागा्रे आढारमा बसेका नागरिकको उद्दार गरिएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापाले बताए ।
उनले भने,“सेतो चिनी (खिरौला) जडिबुटि संकलन गर्न पाटनमा गएका नागरिक विहिबार देखि भएको भारी हिमपातले घर फर्किन नसकेर हिउँमा फसेका थिए । २३ गते हवाई उद्दार गर्न सकिएन् राहत दियौ । तर फेरी हिउँ पर्न सक्ने भएपछि सबैको समन्वयमा हिउँमा फसेका ३४ जनालाइनै घरघरमा ल्याइएको छ ।”

त्यस्तै, सोहि हिमपातका कारण पाटनबाट फर्किने क्रममै भा दुई जनाको मृत्यु भएको थियो । गाग्रा पाटनमा सेतो चिनी (खिरौला) जटिबुटि संकलन गएका तातोपानी गाउँपालिका तातोपानी ८ की महिला वर्ष ३७ की देवि शाही र तातोपानी ७ बारगाउँका वर्ष ४६ का मुन रावतको मृत्यु भएको हो । ।