सिजा क्षेत्रका बजारबाट ६० हजार बाराबरको अखाद्य बस्तु नष्ट

जुम्ला ः जुम्लामा ६० हजार बराबरको अखाद्य बस्तु नष्ट गरिएको छ । जुम्लाको सिजा क्षेत्रमा रहेका बजार अखाद्य बस्तु बिक्रिको डम्पिङ साइड नै बनेका पाइएको हो । जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रर्मिला रिजालको नेतृत्वमा बुधबार गसरएको अनुगमनमा ६० हजार बराबरको अखाद्य बस्तु नष्ट गरिएको छ । जुम्लाको सदरमुकामदेखि टाढा रहेका बजार नियन्त्रणको पहुच बाहिरै हुन्छन् ।

 

जसले गर्दा पसल संञ्चालकले धेरै म्याथ गएका समान बेच्ने गरेको पाइएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले बताए । उनका अनुसार पटक पटकको अनुगमनमा धेरै मात्रमा अखाद्य बस्तु भेटिएकाले अब उपभोता सचेत हुन आबश्यक छ ।
यस्तै लामो समयको अन्तरालपछि जुम्लाको सिंजा क्षेत्रमा पर्ने कनकासुन्दरी गाउँपालिकास्थित गोठीज्यूलाका १४ वटा पसलको बाट म्याद गएका सामान नष्ट गरेको छ ।

कर्णाली राजमार्ग अन्र्तगत नाग्म गमगढी राजमार्गमा पर्ने गोटिज्युला बजारमा प्रहरी प्रशासन, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्ला, कनकासुन्दरी गाउँपालिका जनप्रतिनिधि र पत्रकारको छड्के अनुगमन गर्दा म्याद नाघेका अखाद्य बस्तु तथा सामान ठुलो मात्रमा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रर्मिला रिजालले बताइन् । उनले भनिन् व्यवसायीले तीन वर्ष यताबाट म्याद नाघेका खुद्रा सामग्रीहरु बेच्दै गरेको पाइएको छ । उनका अनुसार यस्ता म्याद नाघेका सामग्री बेचविखन गर्ने विषयमा ठुला डिलरवाला व्यवसायीलाई पनि सचेत गराउन आबश्यक छ ।

गोठीज्य्ूला बजारमा खुद्रा पसलबाट चाउचाउ, बिस्कुट, चक्लेट, चिसो फेण्टा जुस लगायतको सामान नष्ट गरिएको हो । चाउचाउ मात्रै ५८ वटा कानुन नष्ट गरिएको खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय जुम्लाका प्राविधिक साहयक भरत रोकायाले बताए । उनले भने सबै भन्दा बढी बालबालिकाले प्रयोग गर्ने मिठाई साना चाउचाउ जस्ता अखाद्यबस्तु नष्ट गरिएको हो ।

त्यस्तै खाद्य, खुद्रा पसल ब्यवसायको पटकपटक अनुगमन भएपनि मेडिकलहरुको अनुगमन भएको देखिदैन ।
केही पसल संञ्चालकले सामानमा लेखिएको मिति हेर्न नआएको र आएकाहरुले पनि लुकाई छिपाई गाउँ घरमा सामान बेच्ने गरेका पाइएको छ ।

त्यस्तै जुम्लाको, चौधविस, भेरीखोला भेगमा रहेका पसलहरुको कहिले पनी अनुगमन नहुने गरेको त्यहाका स्थानीय बताएका छन । त्यस्ता ठाउमा ठुला व्यापारीले म्याद नाघेका, म्याद गुज्रिन लागेका दैनिक उपभोग्य सामग्री पठाउने गरेका छन ।