जनतासँग अध्यक्ष कार्यक्रम ः विपन्नलाई निशुल्क स्वास्थ्य वीमा

जुम्ला ः तातोपानी गाउँपालिकाका विपन्न परिवारलाई गाउँपालिकाले स्वास्थ्यवीमा गर्न थालेको छ । जनतासंग अध्यक्ष कार्यक्रम अन्तरगत्त पालिका भरीका विपन्नलाई लक्षित गरी यो कार्यक्रम लागु गरिएको हो । अध्यक्ष न्यौपानले अध्यक्ष कार्यक्रम अन्तरगत प्रत्यक वडामा एक लाखका दरले बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताए ।उनले भने,“ बिपन्न नागरिकका लागी यो कार्यक्रम निकै फलदायी र उपलब्धीमुलक हुने भएको छ ।
त्यस्तै गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले स्वास्थ्य वीमा गर्न नसक्ने बिपन्न नागरिकको जीवन रक्षा गर्न जनता सँग अध्यक्ष कार्यक्रम राखीएको हो । यस अघि गाउँपालिकामा विरामी भए भनेर रकम माग गर्न आउने विपन्नहरुलाई एक लाखको स्वास्थ्य उपचार पाएर कार्यक्रमबाट लाभान्वित हुने छन् ।
गाउँपालिकाले वडामा अतिविपन्नलाई तीन हजार पाँच सय र केही अनुदान गर्न सक्नेलाई दुईहजारको दरले सहयोग गरेर स्वास्थ्यवीमा गर्ने लक्ष्य लिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल भएकाले स्वास्थ्यवीमा बाट लाभ लिने नागरिक बढ्दै आएका छन् ।
तातोपानी गाउँपालिका वडा नम्बर ३ का बीमा अभिकर्ता रेवती रावलले गाउँपालिका जनता सँग अध्यक्ष कार्यक्रम अन्तरगत वडा नम्बर ३ मा मात्रै करिब ५० जना बिपन्न नागरिकको जनता सँग अध्यक्ष कार्यक्रम अन्तरगत निशुल्क स्वास्थ्य वीमा गरिएको जानकारी दिए ।करिब चारसय विपन्न नागरिकलाई स्वास्थ्यवीमा गर्न सकिने गाउँपालिकाको लक्ष्य रहेको छ ।








