बाहिरका मानिसबाट बन्धक हुनुपर्दा असह्य पीडा भयाे – सांसद नमूना

बाँके । बाँके प्रदेशसभा १ बाट निवाचित सांसद कृष्ण केसी (नमूना)लाई शुक्रबार नरैनापुरमा बन्धक बनाउने प्रयास गरिएको छ ।
सांझ करिब ६ बजेदेखि सांसद केसीलाई गाउँपालिकाको कार्यालयबाट बाहिर आउन दिइएको थिएन ।
करिब ६ बजे नरैनापुर पुगेकी सांसद केसीलाई सदरमुृकाम नेपालगञ्जबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले राती १० बजेर सांसद नमुनालाई गाउँपालिकामा सकुशल उद्धार गरि ईलाका प्रहरी कार्यालय भगवानपुर हुँदै राती २ बजे सदरमुकाम नेपालगञ्ज पु¥याएको हो ।
भारतीय सीमासँग जोडिएको बाँकेको नरैनापुर गाउँपालिकाको नरैनापुरमा लाग्ने हाटबजारमा ब्यवसाय गर्ने भारतीय नागरिक देबिदिन विकलाई प्रहरीले शुक्रबार अपरान्ह पाँच किलो चरेससहित पक्राउ गरेपछि विकको रिहाईका लागि सीमापारीबाट भारतीय नागरिक समेत नरैनापुर पुगेका थिए ।
सोहीक्रममा निर्वाचन क्षेत्रको स्थलगत निरीक्षणमा रहकी सांसद केसीको गाडी रोकेर उनीहरुले भारतीय नागरिक निर्दोष भएकाले तत्काल रिहाई गरिदिन सांसद केसीलाई दबाब दिएका हुन् ।
सांसद केसीले शनिबार नेपालगञ्जमा पत्रकार सम्मेलनमा कुरा गर्दै सांसद केसीले भनिन् आफनै निर्वाचन क्षेत्रमा बाहिरका मानिसबाट बन्धक हुनुपर्दा असह्य पीडा महसुश भएको बताइन ।
लाइभपाटी बाट








