दैलेखका महिलालाई शीप विकास तालीम
दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकाका ४१ जना महिला तथा किशोरीहरूलाई दुई महीने सिलाइकटाइ, हातेबुनाइ र अन्य रोजगारमूलक तालीम प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग विकास समिति दैलेखको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त तालीम सञ्चालन भएको हो ।
उद्यम विकास सहजकर्ता ध्रुवकुमार शाहीका अनुसार लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत उक्त तालीम सञ्चालन गरिएको हो । ‘बिहान ६ बजेदेखि ११ बजेसम्म सिलाइकटाइ र ११ देखि बेलुका ५ बजेसम्म हातेबुनाइमा यहाँका किशोरी र महिला निकै मेहनतका साथ लागेका छन्,’ शाहीले भने ।
वैशाख १२ गतेदेखि शुरू भएको उक्त तालीममा हालसम्म उनीहरूले सिलाइकटाइ र हातेबुनाइका विभिन्न शीप सिकिसकेका छन् । विकटगाउँमा महिलाको विकास र परिवर्तनका लागि उक्त कार्यक्रम निकै आवश्यक भएको तालीमकी प्रशिक्षक मनीषा भण्डारीले बताइन् । सामान्य विद्यालयको मात्र शिक्षा पाएकी वडा–१की मानकुमारी शाहीले तालीममा सहभागी हुन पाउँदा निकै खुशी भएको बताएकी छिन् ।
‘तालिमपछि हामी पनि आफ्नै खुट्टामा उभिन सक्छौं’ तालीममा उपस्थित वडा–६ की लालमती बिष्टले भनिन् । अभियानबाट








