एमालेले तोक्यो सात प्रदेश अध्यक्ष

काठमाडौं : नेकपा एमालेले सात प्रदेश अध्यक्ष तोकेको छ। आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्षहरू प्रस्ताव गरेको हो।

 

 

प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशवराज पाण्डे, गण्डकीमा नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णालीको विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी प्रस्ताव गरिएको छ।

उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई प्रस्ताव गरिएको छ। एमालेले ४४ जनालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेको छ भने ९९ सदस्सीय पाेलिटब्यूराे गठन गरेकाे छ।

सम्बन्धित समाचार