पहिले डाक्टर जान नमान्ने जुम्लामा, डाक्टरी पढ्न विद्यार्थीको प्रतिस्पर्धा

जुम्ला ः कुनै समय थियो– डाक्टरहरू कर्णाली जान मान्दैनथे । एक जना डाक्टर नपाउने त्यही कर्णालीको जुम्लामा यतिखेर डाक्टरी पढ्न विद्यार्थीको प्रतिस्पर्धा छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक मंसिर २६ गतेबाट एमबीबीएस पढाइ थालेको छ ।  ‘कर्णालीमा डाक्टर बस्न मान्दैनन्। डाक्टर नहुँदा कर्णालीवासी मृत्यु पर्खेर बसिराखेका छन् भन्ने सुनिन्थ्यो। अहिले कर्णाली डाक्टर उत्पादन गर्ने कारखाना बनेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डाक्टरी पढाउन थालेसँगै कर्णालीवासीको सपना पूरा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार जुम्लाको खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाईको शुभारम्भ गरेकी छन । राष्ट्रपति भण्डारीले एमबीबीएस पढाईको औपचारिक रुपमा शुभारम्भ गरेकी हुन ।

प्रतिष्ठान स्थापनाको १० वर्षपछि एमबीबीएस (डाक्टरी) पढाई थालिएको छ । ‘यहाँका विद्यार्थीहरुले आफ्नै घरमा बसेर उच्चस्तरीय मेडिकल शिक्षा पढ्न पाउनु पर्छ भनि गरेको प्रयास सार्थक भएको राष्ट्रपति भण्डारीले बताइन । उनले भनिन्, ‘प्रतिष्ठानले दुर्गम क्षेत्रमा पु¥याएको गुणस्तरीय स्वास्थ्य सेवाले यहाँका बिरामीहरुमा परिवर्तन समेत ल्याएको छ । उनले भनिन दुर्गम क्षेत्रका गर्भवतीहरु सुत्केरी हुन नसेकर मुत्युको मुखमा पर्ने गरेकाले राष्ट्रपति हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन गरिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रष्तिठानमा २० जना एमबीबीएस अध्ययनका लागि कोटा भएपनि १९ जना विद्यार्थीहरु जुम्ला पुगिसकेका छन् । जुम्लामा पहिलो पटक स्नातक तहका मेडिकल शैक्षिक कार्यक्रम सञ्चालनमा आएका हुन् । एमबीबीएस अध्ययन गर्न १९ जना विद्यार्थी भर्ना भएका छन् भने बीफार्म मा ११ जना, बीएमएसतर्फ ८ जना बीएनएस नर्सिङ १६ जना र बीपीएचमा ८ जना विद्यार्थी भर्ना भइ आइतबारदेखि पढाइ सुरु भएको छ ।

मुस्किले एक पाउने जुम्ला ,डाक्टर उत्पादन गर्ने कारखाना बन्यो
एक जना डाक्टर पाउन मुस्किल हुने ठाउँमा डाक्टर उत्पादन गर्ने कारखाना बनेको प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले बताए । प्रतिष्ठान आफ्नो लक्ष्य अनुसार अघि बढिहरको छ । अब यहाका बिरामीले जहाज चढेर उपचार गर्न जाने बाध्यता हटेको छ ।

२०६८ साल कात्तिकमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि २०६९ साल कात्तिक २३ गतेदेखि एकजना विशेषज्ञसहित ५ जना चिकित्सक जुम्ला ल्याएर कर्णाली अञ्चल अस्पतालमा प्रतिष्ठानले सेवा दिइरहेको थियो ।
हिजो डाक्टर नपाउने कर्णालीले अहिले डाक्टरलाई विशेषज्ञ पढाउन थालेको छ ।’ एक साताभित्रै कलेज छनोट गर्ने र दुई साताभित्रै प्रतिष्ठानमा विद्यार्थी भर्ना भइसक्ने प्रतिष्ठानका प्रवक्ता डा.रमेश भट्टराईले बताए । जुम्लामा डाक्टरी पढाइ हुने भएपछि स्थानीय खुसी छन ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम शुभारम्भ गर्न राष्ट्रपति भण्डारी हेलिकोप्टरबाट आइतबार बिहान ११ः२० बजे जुम्ला पुगेकी छन।

राष्ट्रपति भण्डारीले पहिलो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएस, बी फार्मा, बिएनएस, बिएमएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गरेकी छन ,’ प्रतिष्ठानका उपकुलपती डा. मंगल रावलका अनुसार ’त्यसपछि ७६ करोडको लागतमा निर्माण हुन लागेको चिकित्सा शिक्षाको शैक्षिक भवनको समेत शिलान्यास गरिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रति राष्ट्यि र अन्तराष्ट्यि जगतको ध्यान केन्द्रित गर्न एमबिबिएस उद्घाटनका लागि राष्ट्पति ल्याउन लागिएको रजिष्टार नृपेन्द्र महतको भनाई छ । उनले भने “कर्णालीमा एमबिबिएस सञ्चालन हुनु देशकै गौरबको विषय हो । यसलाई सफल पार्न सबैको सकरात्मक सहयोग आबश्यक रहेको छ ।
विगतमा डाक्टर खोजी खोजी उपचार गर्ने कर्णालीका नागरिकले सेता एप्रोनधारी डाक्टर रोजी रोजी उपचार गर्ने छन् । यस अघि रोगी बिरामी पठाउने जुम्लाले अब मुलुकभर उपचारका लागी डाक्टर पठाउने हैसिएदमा आफुलाई उभ्याएको छ ।
प्रतिष्ठानको कार्यक्रममा सरिक हुन कर्णाली प्रदेश प्रमुख तिलक परियार नेपाल सरकारका स्वास्थ्य जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ, स्वास्थ्य तथा जनसंख्यामत्री विरोध खतिवडाका विज्ञ सल्लाहकार डा.रमेश ढकाल, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरी, डा.गुणराज लोहनीको सहभागिता रहेको थियो ।

सो अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको बीउ रोप्न पहल गर्ने कर्णाली प्रदेश सभा सदस्य तथा पुर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी,पुर्व पर्यटन राज्यमन्त्री बलबहादुर महत लगायत २२ जनालाई प्रसंसा पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ । त्यस्तै प्रतिष्ठानको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा अगाडि बढाउनको लागि आवश्यक जग्गा उपलब्ध गराउने ५१ जनालाई कदरपत्र प्रदान गरिनेछ । प्रतिष्ठान स्थापनाकाल देखिका पुर्वपदाधिकारीहरुलाई सम्मान पत्रका साथ सम्मान गरिएको छ ।


error: Alert: Content is protected !!