पहिले बिरामी पठाउने जुम्लाले अब मुलुकलाई डाक्टर पठाउने हैसियद राख्यो

जुम्ला ः राज्यलेनै कर्णालीलाई गरिबी, अशिक्षा, रोग र भोगको पर्यायका रुपमा अझै पनि लिने गरेको पाइन्छ । कर्णालीको, जुम्ला भन्नासाथ पिछडिएको ठाउँ, अशिक्षा गरिबी नपढेका मान्छे, बस्ने ठाउहो भन्ने बुझीन्छ । सधै भरी खान नपुग्ने र गरीबहरुको ठाउँ भनेर चिनिन्छ । तर पछिल्लो समयमा जुम्लाले आफ्नो परिचय बदल्दै गएको छ ।

जसको उदारण हो जुम्ला खलंगामा अवस्थित कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जहा सेतो कोट लगाएका मानिस हिड्ने गर्दछन् ।

जुम्लाले अब सेतो हिउँमा सेतै एप्रोनधारी डाक्टर उत्पादन गर्ने सपना पुरा गरेको छ । चिकित्सा शिक्षा आयोगले एमबिबिएसका लागि २० कोटा छुटाइएकोमा १९ जना भर्ना भएको छन् । भने बि फर्ममा २० कोटा निर्धारण भएको ११ जना,बिएनएस तर्फ १६ जना,बिएमएस तर्फ ८ र बीपीएच तर्फ ६ जना विद्यार्थी भर्ना भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला पुगेकी छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम शुभारम्भ गर्न राष्ट्रपति भण्डारी हेलिकोप्टरबाट आइतबार बिहान ११ः२० बजे जुम्ला पुगेकी छन ।

राष्ट्रपति भण्डारीले पहिलो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएस, बी फार्मा, बिएनएस, बिएमएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गरेकी छन ,’ प्रतिष्ठानका उपकुलपती डा. मंगल रावलका अनुसार ’त्यसपछि ७६ करोडको लागतमा निर्माण हुन लागेको चिकित्सा शिक्षाको शैक्षिक भवनको समेत शिलान्यास गरिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रति राष्ट्यि र अन्तराष्ट्यि जगतको ध्यान केन्द्रित गर्न एमबिबिएस उद्घाटनका लागि राष्ट्पति ल्याउन लागिएको रजिष्टार नृपेन्द्र महतको भनाई छ । उनले भने “कर्णालीमा एमबिबिएस सञ्चालन हुनु देशकै गौरबको विषय हो । यसलाई सफल पार्न सबैको सकरात्मक सहयोग आबश्यक रहेको छ ।

विगतमा डाक्टर खोजी खोजी उपचार गर्ने कर्णालीका नागरिकले सेता एप्रोनधारी डाक्टर रोजी रोजी उपचार गर्ने छन् । यस अघि रोगी बिरामी पठाउने जुम्लाले अब मुलुकभर उपचारका लागी डाक्टर पठाउने हैसिएदमा आफुलाई उभ्याएको छ ।
प्रतिष्ठानको आजको कार्यक्रममा सरिक हुन कर्णाली प्रदेश प्रमुख तिलक परियार नेपाल सरकारका स्वास्थ्य जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ, स्वास्थ्य तथा जनसंख्यामत्री विरोध खतिवडाका विज्ञ सल्लाहकार डा.रमेश ढकाल, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरी, डा.गुणराज लोहनीको सहभागिता रहेको थियो ।

सो अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको बीउ रोप्न पहल गर्ने कर्णाली प्रदेश सभा सदस्य तथा पुर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी,पुर्व पर्यटन राज्यमन्त्री बलबहादुर महत लगायत २२ जनालाई प्रसंसा पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ । त्यस्तै प्रतिष्ठानको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा अगाडि बढाउनको लागि आवश्यक जग्गा उपलब्ध गराउने ५१ जनालाई कदरपत्र प्रदान गरिनेछ । प्रतिष्ठान स्थापनाकाल देखिका पुर्वपदाधिकारीहरुलाई सम्मान पत्रका साथ सम्मान गरिएको छ ।

सम्बन्धित समाचार